असिनापानिले गहुबालिमा क्षती

कर्णालीदृष्टी संवाददाता २१ बैशाख २०७९, बुधबार ०७:२२

दैलेख । असिना पानिले खेतीबालीमा क्षती प्ुर्याएपछि दैलेखको नौमुले गाउपालीका वडा नम्बर २ का किसानहरु चिन्तित भएका छन ।

मंगलबार साझ आएको असिनापानिले किसानका खेतबारीमा भित्र्याईदै गरेको गहुवाली नष्ट भएपछि आफ्नो रोजिरोटी गुमेको भन्दै स्थानिय कृषकहरु चिन्तित भएको किसान जय बहादूर खत्रिले जानकारी दिनुभयो ।

उहाँका अनुसार हिसो साझ एक्कासि आएको हावा हुरीसहितको असिनापानीले जिल्लाको नौमुले गाउपालिका वडा नम्बर २ स्थित जुगेपानी, भावरसैनि र काक्ते लगाएतका ठाउहरुमा किसानले काट्दैगरेको गहु बाली नष्ट भएको छ ।

हावा हुरीसहितको असिनापानिले गहुबाली संगै आलू खेती र बिभीन्न तरकारी बालीहरुमा समेत क्षति पुर्याएको छ ।

Next Post

कर्णालीका ३७७ मतदान केन्द्र अति संवेदनशील

२१ बैशाख २०७९, बुधबार ०७:२२
सुर्खेत । सुरक्षा निकायले कर्णाली प्रदेशका ३७७ मतदान केन्द्र अति संवेदनशील रहेको बताएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाले प्रदेशका १० जिल्लाका ३७७ मतदान केन्द्र अति संवेदनशील रहेको बताउनुभएको हो । कर्णाली प्रदेशमा ९०७ मतदानस्थल अन्तर्गत एक हजार ३८५ मतदान केन्द्र छन । […]