हिमपातले व्यवसायीक केरा खेती नष्ट हुदा टाकुरीका किसानहरु चिन्तीत

कर्णालीदृष्टी संवाददाता २३ माघ २०७८, आईतवार ०७:०५

दैलेख । हिमपातले व्यावसायीक केरा खेती नष्ट गरेपछि दैलेखको महावू गाउपालीका ६ टाकुरीका कृषहरु चिन्तीत भएका छन ।

बिहीबारदेखी शुक्रबार राती अबेरसम्म परेको झरी र भएको हिमपातले व्यवसायीक रुपमा गरेको केरा खेतीमा क्षती पुर्याउदा आफुहरु चिन्तीत भएको किसान दिर्ग बहादूर थापा मगरले बताउनुभयो ।

उहाका अनुसार केही बर्षअघीदेखी व्यवसायीक रुपमा नै केरा खेती गर्दै आएको र शुक्रबार भएको हिमपातले केराका स– साना बोटहरुदेखी पकाउने समय हुनै लागेका घरीहरु सबै ढलाईदिदा व्यवसायीक केरा खेती गर्दै आएका कृषकहरु चिन्तीत भएका हुन ।

किसान दिर्गबहादूर थापा मगरसंगै गाउका १५ जना कृषकहरु मिलेर “सिर्जनशिल तरकारी तथा फलफुल खेती कृषक समुह” मार्फत त्यहाका १५ जना कृषकहरुले बिभीन्न तरकारी बालीसंगै केरा खेती गर्दै आएका छन ।

घरपविार चलाउने आम्दानीको मुख्य श्रोत बनेको केरा खेती नै नष्ट हुदा आफुसंगै उक्त कृषी समुहमार्फत केरा खेती गर्दै आईरहेका अन्य कृषकहरुलाई घर खर्च चलाउन समस्या हुने उहाले बताउनुभयो ।

लगातारको बर्षासंगै भएको भारी हिमपातले कृषकहरुको खेतबारीमा लागाईएको झण्डै २ लाख बरावरको केरा खेती नष्ट भएको “सिर्जनशिल तरकारी तथा फलफुल खेती कृषक समुह”का अध्यक्ष समेत रहेका थापा मगरले जानकारी दिनुभयो ।

अन्य खेतीबाली छोडेर व्यवासायीक रुपमा केरा खेतीमात्रै गर्दै आईरहेकाले हिमपातले खेती नष्ट गरेपछि आफुहरुको रोजीरोटी गूम्ने भन्दै सम्बन्धीत निकायलाई सहयोग गरिदिन पनि थापा मगरले आग्रह गर्नुभएको छ ।

Next Post

गोठपाठा कृषक सहकारीद्धारा कृषकलाई एकिकृत सत्रुजिव व्यवस्थापन तालीम

२३ माघ २०७८, आईतवार ०७:०५
दैलेख । गोठपाडा कृषक सहकारी सस्था लिमीटेड दैलेखले सहकारीमा आवद्ध ४८ कृषकलाई “एकिकृत सत्रुजिव व्यवस्थापन” तालीम दिन सूरु गरेको छ । सहकारीले दैलेखको नारायण नगरपालीका वडा नम्बर ४ को सोतका २४ र रातापानी टोलका २४ किसान गरी कुल ४८ जना व्यवसायीक कृषकहरुलाई तालीम दिन सूरु गरेको हो । यही माघ […]