रुकुम (पश्चिम) । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जबरजस्ती करणीको मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१० मारीकाट्टेका १९ वर्षीय खड्कबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको हो । घर नजिकै लुकेर बसेको अवस्थामा परियारलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार उनले गत असार १८ गते राति अन्दाजी १ बजेको समयमा घरमा एक्लै सुतिरहेको अवस्थामा २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेर फरार भएका थिए । पीडितले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले खोजतलास जारी राखेको थियो ।
उनलाई ४ महिनापछि पक्राउ गरेर घटनाको थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो ।