सत्तारुढ गठबन्धनको बैठक जारीस् भागवण्डा विवाद, दल विभाजन अध्यादेश र संसदमा एमालेको अवरोधमाथि छलफल

साभार २७ भाद्र २०७८, आईतवार ११:५६

काठमाडौं – सरकार गठन भएको दुई महिना वित्न लाग्दा समेत मन्त्रिपरिषद् विस्तार गर्न नसकेको सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

वैठकमा सरकार विस्तार, मन्त्रालय भागवण्डाको विवाद र राजनीतिक दल सम्बन्धि अध्यादेश के गर्ने भन्ने विषयमा छलफल भईरहेको बुझिएको छ ।

सत्तारुढ गठबन्धनभित्र भौतिक पूर्वाधार, परराष्ट्र, शहरी विकास, संघीय मामिला, स्वास्थ्य र आपूर्ति मन्त्रालय कसले लिने भन्ने विषयमा समस्या रहेको छ ।

गत शुक्रबारको वैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले माधव नेपाल र उपेन्द्र यादवलाई दुई दुई जनाको नाम दिन आग्रह गर्नुभएकोमा उनीहरुले भागवण्डाको विवाद मिलाउनु पर्ने अडान राखेका थिए ।

यस्तै राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशलाई पनि किनारा लगाउनुपर्ने अडानमा उनीहरु रहेका छन् । अध्यादेश असफल बनाउने कि प्रतिस्थापन विधेयक ल्याउने भन्नेमा नेकपा एस र जसपाबीच विवाद छ ।

नेकपा एकीकृत समाजवादी राजनीतिक दल सम्बन्धि अध्यादेशको ठाउँमा प्रतिस्थापन विधेयक ल्याउनुपर्ने पक्षमा रहेको छ भने जसपा उक्त अध्यादेश असफल बनाउनु पर्ने पक्षमा रहेको छ ।

यस्तै प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर संसद वैठक अवरुद्ध गर्दै आएकाले संसदको कारबाहीलाई कसरी अघि बढाउने भन्ने विषयमा पनि छलफल भईरहेको छ ।

Next Post

सीमा अध्ययन टोली हुम्लामाको सिमकोट पुग्यो ; १५ वटा सीमास्तभमध्ये १३ वटा सीमास्तम्भको अध्ययन गर्ने

२७ भाद्र २०७८, आईतवार ११:५६
नेपाल–नेपाल–चीनबीच विवाद हुँदै आएको हुम्लाको उत्तरी नाकाको सीमा अध्ययनका गठन गरिएको अध्ययन टोली सिमकोट आइपुगेको छ। उक्त टोली शनिबार सिमकोट आइपुगेको हो । टोलीले चीनसँग जोडिएका हुम्लाका १५ वटा सीमास्तभमध्ये १३ वटा सीमास्तम्भको अध्ययन गर्ने भएको छ । मौसमले साथ दिएमा १५ वटै स्तम्भको अध्ययन गरिने तर मौसमले साथ नदिएमा […]