काठमाडौं । सरकारले सामुदायिक विद्यालयका शिक्षकलाई पढाउने समयमा लोक सेवा आयोग, शिक्षक सेवा आयोग लगायत परीक्षाको तयारी नगर्न निर्देशन दिएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मंगलबार एक सूचना जारी गरि पठनपाठनमा असर पुगेको भन्दै शिक्षकलाई यस्तो निर्देशन दिएको हो ।
‘सामुदायिक विद्यालयका शिक्षकहरू विद्यालयको समयमा लोक सेवा आयोग, शिक्षक सेवा आयोग लगायतका तयारी कक्षा, अनलाइन कोचिङ पढाउने गरेको गुनासो प्राप्त भएको छ,’ सूचनामा उल्लेख छ ।
यी निर्देशनलाई बेवास्ता गरेको पाइए कानुनी कारबाही गरिने विकास केन्द्रले चेतावनी दिएको छ ।