मन्त्री झाँक्री भन्नुहुन्छ– सहरी विकास मन्त्रालयको बजेट फ्रिज भयो भन्ने सुन्नु नपरोस् ।।

कर्णालीदृष्टी संवाददाता २३ आश्विन २०७८, शनिबार ०७:१५

काठमाडौँ । नवनियुक्त सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले ’बजेट फ्रिज गरेको सुन्नु नपरोस भनी कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।

शुक्रबार पदभार ग्रहणपछि मन्त्री झाँक्रीले सम्पूर्ण क्षमता लगाएर काम गर्नुपर्ने भन्दै बजेट फिर्ता पठाउने अवस्था नआओस भन्ने भनाई राख्नुभएको हो ।

भन्ने भन्दा धेरै सुन्ने, सुन्नेभन्दा धेरै गर्ने हो । के काम गर्न सकिन्छ गरौं, कर्मचारीहरूलाई निर्देशन दिँदै मन्त्री झाँक्रीले भन्नुभयो, सहरी विकास मन्त्रालयले बजेट समर्पण ग¥यो भन्ने सुन्नु नपरोस् ।

मन्त्रालयका अधिकारी र मातहतका विभाग तथा आयोजना प्रमुखहरूलाई आफ्नो काम र योजनाबारे लिखितमा ब्रिफिङ गर्न पनि मन्त्री झाँक्रीले निर्देशन दिनुभएको छ ।

मन्त्रालयमा बसेर कामको प्रगतिबारे ब्रिफिङ गर्नुभन्दा पनि काम भइरहेका कार्यालयमा नै गएर ब्रिफिङ लिने पनि उहाले बताउनुभयो ।

मन्त्रालयमा हुने ब्रिफिङमा मलाई बुँदागत रूपमा लिखितमा दिनुपर्ने बताउदै झाक्रीले मन्त्रालयमा ब्रिफिङ गर्नुभन्दा पनि काम भइरहेका कार्यालयहरूमा ब्रिफिङ गर्नुपर्छ, छिटो गर्नुपर्नेमा जोड दिनुभयो ।

Next Post

अमेरिकी सैनिकको परमाणु पनडुब्बी चीन सागरमा दुर्घटना ।।

२३ आश्विन २०७८, शनिबार ०७:१५
काठमाण्डौ । अमेरिकी सैनिकको परमाणु पनडुब्बी दक्षिण चीन सागरमा दुर्घटनामा परेको छ । समुद्री सतहभित्र पनडुब्बी अपरिचित वस्तुसँग ठोक्किएको जनाइएको छ । पनडुब्बी ठोक्किँदा १५ अमेरिकी सैनिक घाइते भएको जनाइएको छ । यूएसएस कनेक्टिकट पनडुब्बी अपरिचित वस्तुसँग ठोक्किँदा १५ सैनिक घाइते भएको अमेरिकी अधिकारीले पुष्टि गरेका छन । के कारणले […]