सरकारको पछिल्लो अवस्था संक्रमित र मृतक गन्ने मात्र ।

कर्णाली दृष्टि संवाददाता काठमाडौ, ४ कार्तिक २०७७, मंगलवार १४:१४

काठमाडौ : कोरोना संक्रमण रोकथाम र संक्रमितको उपचार गर्नुपर्ने दायित्वबाट सरकार पछि हटेको छ । अस्पतालमा भर्ना भएका संक्रमितको निःशुल्क उपचार गर्दै आएको सरकारले अबदेखि त्यो दायित्व वहन नगर्ने निर्णय गरेको हो ।

 यो निर्णयसँगै सरकारले आफूलाई कोरोनाभाइरसबाट संक्रमित र मृतकको संख्या गन्नेमा सीमित गरेको छ । महामारीबाट नागरिकलाई जोगाउन निःशुल्क उपचारको व्यवस्था गर्नुपर्नेमा सरकार त्यसबाट पछि हट्नु लोकतान्त्रिक र समाजवादउन्मुख राज्यको अवधारणा विपरित हो ।

 उपचारका लागि बेडसमेत नपाएर भौतारिनुपर्ने अवस्था आएका बेला सरकारले गरेको यस्तो निर्णयबाट सक्रमितबाट थप प्रताडित हुने देखिएको छ । सरकारले कोरोना महामारीबाट देश र जनतालाई जोगाउन राज्यको सबै स्रोतसाधनको प्रयोग गर्नुको साटो संक्रमण उच्च विन्दुमा पुगेका बेला जिम्मेवारीबाट हात झिकेको हो ।

सरकारको निर्णयअनुसार अब संक्रमितले आफ्नै खर्चमा उपचार गराउनुपर्नेछ । यो व्यवस्था आइतबारदेखि लागू भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Next Post

नदीभित्र गाडिएको थियो प्रहरी जवानको शव, भेटियो हराएको पेस्तोल पनि

४ कार्तिक २०७७, मंगलवार १४:१४
धनगढी : प्रहरी  जवान रामबहादुर साउँदको शव भेटिएको ठाउँनजिकै पेस्तोल पनि  फेला परेको छ। भेटिएको उक्त चाइनिज पेस्तोल प्रहरी सहायक निरीक्षक गोविन्द विकले बोकेका थिए। सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता एसएसपी मुकेश सिंहका अनुसार विकको शव भेटिएको ठाउँबाट दुई सय मिटर उत्तरपश्चिममा जवान साउँदको शव भेटिएको थियो। शवनजिकै विकले बोक्ने गरेको […]