हाइटीका प्रधानमन्त्रीले देश छाड्न नपाउने

हत्यामा आङ्ग्रीको पनि संलग्नता हुनसक्ने

एजेन्सी ३० भाद्र २०७८, बुधबार १५:४१

काठमाडौं – हाइटीका प्रधानमन्त्री एरिअल आङ्ग्रीलाई देश छाड्न रोक लगाइएको छ।

गत जुलाईको पहिलो साता भएको राष्ट्रपति जोभनेल मोइजको हत्यामा आङ्ग्रीको पनि संलग्नता हुनसक्ने देखिएकाले अनुसन्धान नसकिउन्जेल देश छाड्न रोक लगाइएको हो।

एकजना अभियोजनकर्ताले प्रधानमन्त्री आङ्ग्रीलाई मुख्य हत्या आरोपी जोसेप फेलिक्स बाडिओसँगको सम्बन्ध स्पष्ट पार्न लगाउँदै अभियोग दायर गर्ने तयारी गरिरहेका बीबीसीले जनाएको छ।

घटनाको अनुसन्धानका क्रममा प्रधानमन्त्रीसँग ती ब्यक्तिको बारम्बार टेलिफोन संवाद हुने गरेको देखिएको बताइएको छ। राष्ट्रपति मोइजलाई जुलाई ७ तारिखका दिन आफ्नै निवासमा बन्दुकधारीहरुले हत्या गरेका थिए। २०१७ मा सत्ता सम्हालेका ५३ वर्षिय राष्ट्रपति मोइजले भ्रष्टाचारको आरोपको सामना गर्नुपरेको थियो भने यसैवर्षको शुरुमा राजधानीसहित विभिन्न सहरमा ब्यापक प्रदर्शन समेत भएको थियो।

मोइजको हत्या आरोपितमध्ये ४४ जनालाई प्रहरीले पक्राउ गरिसकिएको छ। ती मध्ये १८ जना कोलम्बियाका अवकाश प्राप्त सैन्य अधिकारी रहेका जनाइएको छ। तीनजना हमलाकारीको भने प्रहरीसँगको भीडन्तमा सोही समयमा मृत्यु भएको थियो।
एजेन्सी

Next Post

करीब ४४ लाख डोज खोप नेपाल आईपूग्यो, हिमाली क्षेत्रका जिल्लामा १८ बर्ष माथीका सबैलाई दिईने ।।

३० भाद्र २०७८, बुधबार १५:४१
काठमाण्डौ । चिनबाट नेपाल सरकारले खरिद गरेको ४४ लाख डोज कोरोनाविरुद्धको खोप शुक्रबार एकै पटक काठमाडौं आइपुगेको छ । आगामी सोमबार अर्थात असोज ४ गतेदेखी देखि नागरिकलाई लगाउन थालिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सरकारले सिनोफार्मसँग एक करोड (पहिलो चरणमा ४० लाख र दोस्रो चरणमा ६० लाख डोज […]

सम्बन्धित समाचार