अविवाहित पुरुषलाइ पनि भत्ता।

कर्णाली दृष्टि संवाददाता सुर्खेत ८ कार्तिक २०७७, शनिबार १५:३५

ताप्लेजुङ ।  अविवाहित र एकल पुरुषलाई पनि भत्ता ? सुन्दा अनौठो लोगेपनि ताप्लेजुङको फुङलिङ नगरपालिकाले गत दुई वर्षदेखि अविवाहित यो सेवा दिँदै आएको छ ।सो नगरपालिकाले एकल पुरुष र अविवाहित ७६ जनालाई मासिक रु एक हजारको दरले नगरपालिकाको अन्तरिक स्रोतबाट मासिक भत्ता दिदै आएको फुङलिङ नगरपालिकाका उपमेयर तारा भट्टराईले बताउनुभयो । ६० वर्ष पूरा भएका ७० वर्ष नकाटेको एकल पुरुषलाई समाजिक सुरक्षा भत्ता दिँदै आएको फुङ्लिङ नगरपालिकाका प्रवक्ता महोन न्यौपानेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस:दशैंका बेला सामाजिक सुरक्षा भत्ता लिएर मेचीनगर नगरपालिका–६ का वडाध्यक्षसहितको टोली घरघरमै आएपछि वडावासी खुशी भएका छन् ।दशैंको मुखमाा सामाजिक सुरक्षा भत्ता नपाएपछि अधिकांश एकल महिला र वृद्धवृद्धा चिन्तित बनिरहेको अवस्थामा वडाध्यक्ष ललित तामाङ भत्ता लिएर घरमै आएपछि नागरिक खुशी भएका हुन् ।  भत्ता वितरण गर्दा भीडभाडका कारण कोभिड –१९ को संक्रमणको जोखिम उच्च हुने देखाउँदै बैंकले सामाजिक सुरक्षा भत्ता वापतको रकम बाँढ्न नमानेपछि ७३८ जनालाई घरघरमै सेवा दिइएको हो ।

“अधिकांश हुने खाने भन्दा हुँदा खाने बढी छन्”, वडाध्यक्ष तामाङले उहाँले भन्नुभयो, “कोभिड –१९ को सङ्क्रमण हुने डरले घरबाट बाहिर जान सक्ने अवस्था छैन । आम्दानीको स्रोत नभएका लागि भत्ता नै दशैं खर्च हुने ठानेर घरघर पु¥याएर हौं ।”

मेचीनगरमा रहेका नेपाल बैंकका दुई शाखामध्ये धुलाबारी शाखाका चार कर्मचारी कोभिड १९ का सङ्क्रमणपछि सात दिनअघि बन्द गरिएको छ ।  अध्यक्ष तामाङले एकल महिला १७७, ज्येष्ठ एकल महिला १३४, ज्येष्ठ नागरिक ३८६ ज्येष्ठ दलित १२ जना, दलित बालबालिका ३ जना क र ख वर्गका अपाङ १३÷ १३ जनालाई चार महिना वापतको रु. ७३ लाख ६४ हजार ७५५ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बताउनुभयो ।

Next Post

कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु ।

८ कार्तिक २०७७, शनिबार १५:३५
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १७ जनाको मृत्यु भएको हो । बिहीबार देशभर कोरोना भाइरसको संक्रमणबाट २१ जनाको मृत्यु भएको थियो । बुधबार कोरोना भाइरसको संक्रमणबाट २६ जनाको मृत्यु भएको थियो । […]