करीब ४४ लाख डोज खोप नेपाल आईपूग्यो, हिमाली क्षेत्रका जिल्लामा १८ बर्ष माथीका सबैलाई दिईने ।।

कर्णालीदृष्टी संवाददाता २ आश्विन २०७८, शनिबार ०७:५०

काठमाण्डौ । चिनबाट नेपाल सरकारले खरिद गरेको ४४ लाख डोज कोरोनाविरुद्धको खोप शुक्रबार एकै पटक काठमाडौं आइपुगेको छ । आगामी सोमबार अर्थात असोज ४ गतेदेखी देखि नागरिकलाई लगाउन थालिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सरकारले सिनोफार्मसँग एक करोड (पहिलो चरणमा ४० लाख र दोस्रो चरणमा ६० लाख डोज खोप खरिद गरेको थियो । खरिद गरेको सबै खोप आइपुगेको छ । एकै खेपमा ठूलो परिमाणमा खोप प्राप्त भएकाले ४ गतेदेखि १४ गतेसम्म अभियानकै रुपमा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको अधिकारीहरुले बताएका छन ।
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालका अनुसार ‘राष्ट्रिय खोप सल्लाहकार समितिको सुझाव अनुसार खोप वितरणको योजना पहिल्यै नै तयार पारीएको थियो। सोही योजना अनुसार देशका विभिन्न जिल्लामा खोप वितरण गर्न निर्देशन भएको छ ।
डा. लालका अनुसार एकै पटक ठूलो परिमाणमा खोप आइपुगे पनि यसको भण्डारणमा कुनै समस्या छैन । किनकि शुक्रबार आइपुगेको खोपको प्याकिङ फरक छ । ‘यसअघि ल्याइएका खोपको एक भाइलमा दुई डोज खोप हुन्थ्यो । अहिले एक भाइलमा पाँच डोज छ, त्यसैले भण्डारणमा कुनै समस्या छैन उनले भने ।
खोप महाशाखाका निर्देशक सागर दाहालका अनुसार १० हिमाली जिल्लाका १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप दिने योजना बनाइएको छ । १० हिमाली जिल्लामा ताप्लेजुङ, सोलुखुम्बु, रसुवा, संखुवासभा, मुगु, रसुवा, जुम्ला, हुल्ला, डोल्पा, बाजुरा र दार्चुला पर्छन् ।
आपूर्ति शाखाका फार्मेसी अफिसर बडेबाबु थापाका अनुसार चीनबाट ल्याइएको खोप टेकुस्थित कोल्ड चेनमा राखिएको छ । ‘गण्डकी र बागमती प्रदेशका लागि चाहिने खोप शुक्रबार नै पोखरा र हेटौंडामा पठाइसकेको र अरु प्रदेशमा शनिबारदेखि खोप पठाउन शुरु गरिने बताईएको छ ।
चीनबाट आइपुगेको खोप अहिलेसम्मको खोप कभरेज दर हेरेर वितरण गर्न लागिएको स्वास्थ्य सेवा विभागको खोप महाशाखाका निर्देशक सागर दाहालले बताए ।

Next Post

बँदेललाई थापेको पासोमा परी बर्दियामा तीन जनाको मृत्यू ।।

२ आश्विन २०७८, शनिबार ०७:५०
बर्दियामा बँदेललाई मार्न राखेको विद्युतीय करेन्टको पासोमा परेर एकै परिवारका तीन जनाको ज्यान मृत्यू भएको छ । बँदेल मार्नका लागि राखेको करेन्टको पासोमा परेर बर्दीयाको ठाकुरबाबा–३ का ३२ वर्षका बालकृष्ण थारु, उनकी २९ बर्षीय श्रीमती सुनिता थारु र उनकी ४३ बर्षीय भाउजु बेलमती थारुको मृत्यू भएको बर्दिया प्रहरीले जनाएको छ […]