जथाभावी सहिद घोषणाले सहिद परिवार असन्तुष्ट

कर्णालीदृष्टी संवाददाता १६ माघ २०७८, आईतवार ०९:४०

काठमाण्डौ । आज माघ १६ अर्थात, सहिद दिवस । राणाशासनविरुद्ध र प्रजातन्त्रको पक्षमा आवाज उठाएकै कारण मृत्युदण्ड दिईएका ४ सहिदको सम्झनामा दिवस मनाउने गरिएको छ ।

देशको व्यवस्था फेरिदै जाँदा सहिदको सूची पनि लम्बिदै गयो । प्रजातन्त्र प्राप्तीका लागि सहिद बनेका परिवारका सदस्य भने सहिदको उचित सम्मान र सम्झना नभएको गूनासो गर्छन् ।

सहिद धर्मभक्त माथेमाका नाती विनयकुमार माथेमाले जथाभावी सहिद घोषणाले वास्तविक सहिदको अपमान भएको बताउनुहुन्छ । प्रजातन्त्रको स्थापना र राणा शासन अन्त्यका लागि आवाज उठाएका धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, र शुक्रराज शास्त्रीलाई वि.सं. १९९७ सालमा राणाशासकले मृत्युदण्ड दिए ।

प्रजातन्त्र प्राप्ती पछिको सरकारले उनीहरूलाइ सहिद घोषणा ग¥यो । अहिले, देशको व्यवस्था बदल्न , बलिदानी दिएकाहरूकै अपमान हुने गरि सहिद घोषणा गर्ने गरिएको सहिद परिवारका सदस्यको गूनासो छ ।

सहिद दशरथ चन्दका नाती विनोदबहादुरले सडक दुर्घटनामा मृत्यु भएकालाई पनि सहिद घोषणा गर्ने, कसैले हत्या गरिदियो भने त्यसलाई पनि सहिद घोषणा गर्ने परिपाटीको पछिल्लो समय विकास हुँदै जाँदा त्यसले वास्तविक सहिदको बलिदानी खेर गएको बताउनुभयो ।

लखन थापा नेपालको पहिलो सहिद भएपनि जहानिया राणाशासन अन्त्यमा भूमिका खेलेका यी ४ सहिदलाइ उच्च सम्मानका साथ हेरिन्छ । समयक्रममा भएका राजनितिक आन्दोलनमा पनि सहिदको सङ्ख्या थपिदै गयो ।

सहिदको सङ्ख्या थपिदै गएपनि राज्यबाट हुने सहिदहरूप्रतिको उचित सम्मान र सम्झना घट्दै गएको सहिद परिवारको गुनासो छ । सहिदहरूको बलिदानीकै कारण नेपाल प्रजातन्त्रदेखि गणतान्त्रिक पद्धति सम्म आइपुगेको छ ।

सहिद दशरथ चन्द स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहेका विनोदबहादुर चन्द राजनीतिक दल स्वार्थी हुँदा देशमा नागरिकले सोचे जस्तो परिवर्तन हुन नसकेको बताउँनुहुन्छ । राजनिति गर्ने शैलि फेरिदै जाादा राजनितिक दल र नेताहरू पनि बदलिदै गएका छन् ।

जसका कारण सहिदको योगदान र त्यसबाट प्राप्त उपलब्धि जोगाउदै उनीहरूलाइ सम्मान गर्ने क्रम पनि घट्दै गएको एक जना जानकार पूूर्व गृहसचिव उमेश मैनालीको बुझाइ छ ।

विभिन्न कालखण्डमा भएका राजनितिक आन्दोलनको शिलशिलामा मारिएका धेरैलाइ सरकारले सहिद घोषणा गरेपनि देशमा कति जनालाई सहिद घोषणा गरियो भन्ने एकिन तथ्याङ्क सरकारसँग नै छैन ।

पछिल्लो समय घोषणा गरिएका सहिद सरकारको तथ्याङ्कमा छैनन्, तथ्याङ्कमा भएका सहिदलाई पनि राज्यबाट उचित सम्मान र सम्झना नभएको परिवारको गूनासो छ । # सिआईएन

Next Post

दैलेखमा बाल विवाह कसूरमा दुई जना पक्राउ

१६ माघ २०७८, आईतवार ०९:४०
दैलेख । दैलेखमा बाल विवाह सम्बन्धी कसुरमा दुई जना पक्राउ परेका छन् । बाल विवाह गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिनुभयो । उहाका अनुसार पक्राउ पर्नेमा जिल्लाको दुल्लु नगरपालिका वडा नं. १२ मा गोवीन्द नेपाली र एक बालीका रहेका छन […]