आईपीएल क्रिकेटमा आज दिल्ली र हैदराबाद खेल्दै ।।

कर्णालीदृष्टी संवाददाता ६ आश्विन २०७८, बुधबार १४:३७

काठमाण्डौ – इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा बुधबार दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजेदेखि दुबईमा शुरु हुनेछ ।

अंकतालिकामा दिल्ली दोस्रो स्थानमा र हैदराबाद पुछारमा छ । दिल्लीले ८ खेलमा ६ मा जित र २ मा हार बेहोरेको छ ।

उसको १२ अंक छ । समान अंक रहेको चेन्नई नेट रन रेटका आधारमा शीर्ष स्थानमा छ । हैदराबाद ७ खेलमा २ अंक जोड्दै पुछारमा छ ।

यसअघि गएराति भएको खेलमा राजस्थान रोयलले पन्जाब किङ्सलाई दुई रनले हराएको छ ।

Next Post

तालिबानद्वारा संयुक्त राष्ट्रसंघको महासभामा आफूहरूलाई बोल्न दिन आग्रह ।।

६ आश्विन २०७८, बुधबार १४:३७
काठमाण्डौ – अफगानिस्तानको तालिबान समूहले संयुक्त राष्ट्रसंघको महासभामा आफूहरुलाई बोल्न दिन आग्रह गरेको छ । न्युयोर्कमा चलिरहेको राष्ट्रसङ्घीय महासभामा विश्व नेताहरूलाई सम्बोधन गर्न पाउनका लागि तालिबानले आग्रह गरेको बीबीसीले जनाएको छ । तालिबान समूहका विदेशमन्त्री आमिर खान मुताकीले सोमबार अनुरोधसहितको पत्र संयुक्त राष्ट्रसंघमा पठाएको र यसबारेमा राष्ट्रसंघको एक समितिले टुङ्गो […]