टी २० विश्व कपमा पाकिस्तानद्धारा भारत पराजित ।

कर्णालीदृष्टी संवाददाता ८ कार्तिक २०७८, सोमबार ०७:१२

काठमाण्डौ । आईसीसी टी २० विश्व कपमा पाकिस्तानले पहिलो पटक भारतलाई हराएको छ । भारतले दिएको एक सय ५१ रनको लक्ष्य पाकिस्तानले एक विकेट पनि नगुमाइ १३ बल अघि नै भेटायो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले ६८ र विकेटकिपर मोहम्मद रिजवानले ७९ रन बनाए । यी दुईले एक सय ५२ रनको साझेदारी गरे ।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा सात विकेट गुमाएर एक सय ५१ रन बनायो । भारतका लागि कप्तान विराट कोहलीले ५७ रन बनाए । यस्तै विकेटकीपर ऋषभ पन्तले ३९ रन बनाए ।

बलिङतर्फ पाकिस्तानका शहीन अफ्रिदीले तीन विकेट लिए । शहीनले केएल राहुल, रोहित शर्मा र कोहलीलाई आउट गरे । यस्तै हसन अलीले दुई विकेट लिए ।

यो जितसँगै टी २० विश्व कपमा पाकिस्तानले भारतसँगको ६ भेटमा एक जित निकालेको छ ।

Next Post

अमेरिकाले टाउकोको मूल्य ५० लाख डलर तोकेको कुख्यात लागुऔषध तस्कर पक्राउ

८ कार्तिक २०७८, सोमबार ०७:१२
काठमाण्डौ । कोलम्बियाको सबैभन्दा कुख्यात लागुऔषध तस्कर र सबैभन्दा ठूलो आपराधिक समूहका नाइके पक्राउ परेका छन् ।ओटोनियल भनिने ५० वर्षीय डेरो एन्टोनियो उसुगालाई हिजो सेना, वायुसेना र प्रहरीको संयुक्त प्रयासमा पक्राउ गरिएको हो । कोलम्बियाले उनीबारे जानकारी दिनेलाई आठ लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो । अमेरिकाले उनको […]