कार्यालयमा आगजनी गर्ने बास्तम लामिछानेको नाममा किटानी जाहेरी

सोही वडाका बास्तम लामिछानेको नाममा किटानी

कर्णालीदृष्टी संवाददाता ७ आश्विन २०७८, बिहीबार ०६:४४

सुर्खेत ।  वडा कार्यालयमा आगजनी गरेको भन्दै कार्यालयले  बास्तम लामिछानेको नाममा  किटानी जाहेरी दिएको छ ।

वीरेन्द्रनगर नगरपालिका १ नं. वडा कार्यालयमा आगजनी गरेको भन्दै कार्यालयले सोही वडाका बास्तम लामिछानेको नाममा किटानी जाहेरी दिएको छ । लामिछानेले बुधवार विहान साढे दश बजेतिर वडा कार्यालयमा आगजनी गरेका थिए । उनले वडाध्यक्ष गंगराम सुनारलाई फोनबाट मार्ने धम्कि दिएर उनको कार्यकक्षमा आगजनी गरेको थिए । आगजनीबाट वडाध्यक्षको कार्यकक्षमा पूर्ण क्षति पुगेको छ ।

अध्यक्ष वस्ने कुर्सी, सोफा, दराज त्यहाँ रहेका कागजात जलेर नष्ट भएको छ । धम्कि दिए लगतै आगजनी गरेको वडाध्यक्ष सुनार को भनाई छ । ज्यान लिने उद्देश्यले आएको हुनसक्ने भन्दै आफू काम विशेषले बाहिर गएकाले जोगिएको सुनारले बताए । घटनाको छानविनगरी दोषिलाई कारबाही गर्न मागगर्दै वडा कार्यालयले लामिछानेको नाममा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गरेको छ । घटनास्थलबाट सय मिटर दुरीमा रहेको प्रहरीले आगजनी गर्ने व्यक्तिलाई भने अझै पक्राउ गर्न सकेको छैन । घटना स्थल वडा कार्यालय नजिकै प्रहरी बिट भएपनि आगजनी भएको केही समयपछि प्रहरी त्यहाँ पुगेको थियो । मुचुल्का गर्नका लागि भने जिल्ला प्रहरी कार्यालयबाट करिब १ घण्टा पछाडी मात्रै प्रहरी टोली त्यहाँ पुगेको थियो । घटनाका बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तीभनाई छ ।

Next Post

पूर्वाधार विकास कार्यालय जुम्लाको भौतिक प्रगति ९४ प्रतिशत

७ आश्विन २०७८, बिहीबार ०६:४४
सुर्खेत ।  पूर्वाधार विकास कार्यालय जुम्लाको भौतिक प्रगति ९४ प्रतिशत भएको छ । गत आर्थिक २०७७÷०७८ मा कोरोना कहर, निर्माण व्यवसायीको ढिलासुस्तीका बीच पनि कार्यालयको सक्रियताले पूर्वाधार विकासमा उल्लेख्य रुपमा ९४ प्रतिशत भौतिक प्रगति भएको हो । जिल्लाका सबै विकासे कार्यालयभन्दा पूर्वाधार कार्यालयको भौतिक तथा वित्तीय प्रगति सन्तोषजनक भएको पाइएको […]