राष्ट्रिय सभा बैठक बस्दै ।।

आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल हुने

कर्णालीदृष्टी संवाददाता ८ आश्विन २०७८, शुक्रबार ०९:४६

काठमाण्डौ – राष्ट्रिय सभा बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि छलफल हुनेछ ।

यी विधेयक प्रतिनिधि सभाबाट पारित भइसकेका छन् । राष्ट्रिय सभा बैठकमा आज यी दुवै विधेयक टेबुल गर्ने र त्यसपछि अर्को बैठकमा पारित गर्ने तयारी छ ।

दुवै विधेयक आउँदो सोमवार पारित गर्ने तयारी गरिएको संसद् सचिवालयले जनाएको छ । विधेयक पारित भए पछि प्रतिनिधि सभा बैठकमा पठाइने छ र प्रतिनिधि सभाले प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाउने छ ।

यस अघि सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको विनियोजन विधेयक २०७८ लाई हिजोको राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नु भएको थियो । विधेयक प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ ।

Next Post

१४ औँ महाधिवेशनको मिति नसर्ने नेपाली कांग्रेसको स्पष्टोक्ती ।।

८ आश्विन २०७८, शुक्रबार ०९:४६
काठमाण्डौ – सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशनको मिति नसर्ने स्पष्ट पारेको छ । आज शुक्रवार सिंहदरबारमा रहेको पार्टी संसदीय दलको बैठकमा बसेको पार्टी पदाधिकारी बैठकले पार्टीको केन्द्रीय महाधिवेशन आउँदो मङ्सिर ९–१३ गते तोकिएकै मितिमा हुने प्रष्टयाएको हो । बैठकले केन्द्रीय महाधिवेशनको मिति सार्ने प्रस्ताव पार्टीका कुनै पनि […]