एमाले दैलेखको अधिबेशन चैत्र १ र २ गते हुने

कर्णालीदृष्टी संवाददाता २५ फाल्गुन २०७८, बुधबार ०७:२२

दैलेख । खसेको भन्दा बढी मत भेटीएपछि मतगणनाको चरणमा पूगेर स्थगीत भएको नेकपा एमाले दैलेखको सातौ जिल्ला अधिबेशन आउदो चैत्र महिनाको पहिलो साता हुने भएको छ ।

यसअघी गत पुस २३ गते उद्घाटन गरिएको अधिवेशन मतदाता सङ्ख्या भन्दा बढी मत भेटीएपछि निर्वाचन प्रक्रिया रद्द गरिएको थियो । कुल मतदाता सङ्ख्या ७ सय २१ रहेकोमा निर्वाचनमा ७ सय ४८ मत खसेको भेटीएको थियो ।

गत पुस २३ गते एमाले दैलेखको सातौँ जिल्ला अधिवेशनअन्तर्गत नयाँ कमिटी चयनका लागि पुस २७ गते मतदान भएको थियो । अधिवेशनका लागि ११ स्थानीय तहका वडाहरूबाट ७ सय २१ जना प्रतिनिधि चयन भएका थिए ।

मंगलबार बसेको एमाले जिल्ला कमिटी दैलेखको १८ औँ बैठकले जिल्ला अधिवेशन आउदो चैत्र १ र २ गते गर्ने निर्णय गरेको एमाले दैलेखका अध्यक्ष रवीन्द्रराज शर्माले जानकारी दिए ।

निर्वाचनको नयाँ मिति तोक्ने अधिकार पुरानै जिल्ला कमिटीलाई प्रदान गरेसँगै हिजो (मंगलबार) बसेको एमाले जिल्ला कमिटि दैलेखको बैठकले नयाँ मिति तय गरेको अध्यक्ष शर्माले बताए ।

निर्वाचनको नयाँ प्रक्रिया थालनी गरेसँगै यसअघि सर्वसम्मत चयन भएका नेताहरूसमेत पुनः निर्वाचनको प्रक्रियाबाट आउनुपर्ने केन्द्रीय निर्वाचन आयोगको निर्णयसँगै सबै पदको उम्मेदवारी मनोनयन र पुनः मतदान प्रक्रिया सुरु गरिने उनले बताए ।

पुरानो सर्वसहमतिमा चयन भएका सम्पुर्ण सदस्य एवं पदाधिकारी सबैले समेत नयाँ प्रक्रियामा भाग लिनु पर्ने अध्यक्ष शर्माले बताए ।

Next Post

अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा पत्निमाथी चक्कू प्रहार

२५ फाल्गुन २०७८, बुधबार ०७:२२
दैलेख । अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा दैलेखमा एक गृहिणी माथि उनका श्रीमानले चक्कू प्रहार गरी घाइते बनाएका छन् । जिल्लाको नारायण नगरपालिका–११ की २४ वर्षीया सावित्रा शाही माथि उनका २७ बर्षीया श्रीमान बखतबहादुर शाहीले चक्कू प्रहार गरेका हुन् । घरमा बारम्बार कुटपिट र दुव्र्यवहार हुन थालेपछि गत पुस २९ गतेदेखि […]