दाङमा हाब्रेको छालासहित ३ जना पक्राउ

कर्णालीदृष्टी संवाददाता १४ फाल्गुन २०७८, शनिबार १५:०४

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले संरक्षित सूचीमा रहेको हाब्रेको छालासहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने सबै रोल्पाका हुन् ।

पक्राउ पर्नेमा रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. ७ बस्ने ३२ वर्षीय रामबहादुर थापा, लुङग्री गाउँपालिका वडा नं. ३ बस्ने २० वर्षीय रुपक खडका र सुनछहरी गाउँपालिका वडा नं.७ बस्ने १९ वर्षीय रामकुमार पुन मगर रहेका छन् ।

हाब्रेको छाला ठूलो मात्रामा हिमाली क्षेत्रबाट ल्याइ दाङ जिल्ला हुँदै काठमाडौं लैजाँदै गरेको भन्ने विशेष सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय भालुवाङ दाङको संयुक्त प्रहरी टोलीले शुक्रबार बेलुकी उनीहरूलाई भालुवाङबाट पक्राउ गरेको हो ।

राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ–प्यूठान सडक खण्डमा हाब्रेको पाँच थान छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताउनुभयो ।

Next Post

एमसीसीका कारण गठबन्धन भत्किन्छ, नयाँ ध्रुवीकरण हुन्छ: उपाध्यक्ष बादल

१४ फाल्गुन २०७८, शनिबार १५:०४
सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले नेपाली राजनीतिमा छिटै नयाँ ध्रुवीकरण हुने बताउनुभएको छ । नेकपा एमालेले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अमेरिकी सहयोग परियोजना एमसीसीका कारण राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरण हुने दावी गर्नुभयो । ‘यो स्वार्थले बनेको अवसरवादीहरुको गठबन्धन हो, […]