दैलेख । अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवस दैलेखमा पनि बिभीन्न कार्यक्रम गरेर मनाईने भएको छ । सन १९८९ बाट हरेक बर्ष अक्टुबर १३ का दिन मनाउँदै आईरहेको यो दिवस यस बर्ष दैलेखमा पनि विविध कार्यक्रम गरी मनाईने भएको हो ।
‘जुटेर मात्र सम्भव छ जोखिम न्यूनिकरण’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवस दैलेखमा मनाईने भएको छ ।
दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा शुक्रवार जिल्ला प्रशासन कार्यालय दैलेखमा बसेको सरोकारवाला निकायहरुको बैठकले दिवसका अबसरमा विविध कार्यक्रम गरी दिवस मनाउने निणर्य गरेको हो ।
बैठकले विपद् व्यवस्थापन र जोखिम न्यूनिकरण सन्दर्भमा जिल्ला स्थित एफएम रेडियो र टेलिभिजनमा विपद् व्यवस्थापनको क्षेत्रमा कार्य गर्ने सुरक्षा निकाय र सरोकारवा निकायको सहभागितामा प्यानल छलफल कार्यक्रम आज शनिवार गर्ने निणर्य गरेको छ ।
यस्तै असोज १९ गते जिल्लास्थित स्थानीय तह, सुरक्षा निकाय, गैरसरकारी संघसंस्था र जिल्ला स्थित पत्रकारहरु र सरोकारवाला निकायहरुको सहभागितामा विपद् व्यवस्थापनको क्षेत्रमा अनुभव आदान प्रदान र अन्तरक्रिया कार्यक्रम गरिनेछ ।
साथै विपद् जोखिम न्यूनिकरण र दिगो विकास क्षेत्रमा जिल्लाको भावी रणनीति तर्जुमा समेत गर्ने बैठकले निर्णय गरेको छ ।