स्वर्गीय थापाको सम्झनामा दैलेखमा फुट्सल प्रतियोगिता सुरु ।।

पुष्कर खड्का २३ आश्विन २०७८, शनिबार ०६:५५

दैलेख । सशस्त्र प्रहरी निरिक्षक स्वर्गीय अभिषेक थापाको सम्झनामा दैलेख सदरमुकामको स्थानीय टुडिखेलमा फुट्सल प्रतियोगिता सुरु भएको छ ।

दशै तिहारको अवसर पारेर हरेक बर्षजसो खेलकुदका कार्यक्रमहरु गर्दै आईरहेको दैलेख युथ दैलेखले यो बर्ष सदरमुकमकै स्थानीय स्वर्गीय अबीशेक थापाको सम्झनामा फुट्सल प्रतियोगिताको आयोजना गरेको हो ।

स्वर्गीय थापाकी आमा तप्ता थापाको प्रमुख आतीथ्यतामा प्रतियोगिताको एक कार्यक्रमका बिच औपचारीक सूरुवात गरिएको छ । प्रतियोगितामा ८ वटा टिमले सहभागीता जनाएका छन ।

प्रतीयोगिताको सूभारम्भ गर्दै प्रमुख अतीथि थापाले आफ्नो छोरा स्वर्गीय भएता पनि दैलेखले अरु थुप्रै कुसल छोराहरु जन्माएको र सामाजिक रुपान्तरणका लागी विभिन्न कार्यहरुमार्फत अगाडि बढ्न साथै आफुले गर्नु पर्ने सबैखाले सहयोग गर्ने बताउनुभयो ।

शुक्रबारदेखी सूरु प्रतियोगिता करीव ३ दिन सम्म सन्चालन हुने र निकै रोचकका साथ कार्यक्रम सुरु भएको आयोजक दैलेखि युथ, दैलेखले जनाएको छ ।

Next Post

प्रेस स्वतन्त्रताका सरकारले सदैव सम्मान गर्छ –सञ्चारमन्त्री कार्की ।।

२३ आश्विन २०७८, शनिबार ०६:५५
काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो मन्त्रालयलाई देखिने मन्त्रालयको रुपमा अगाडि बढाउन आफूले सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताएउनुभएको छ । शुक्रबार साँझ मन्त्रालयमा पदभार ग्रहण गरेपछि मन्त्री कार्कीले मन्त्रालयको कामलाई देखिने गरी सम्पादन गर्न, गराउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाउनुभएको हो । उहाले त्यस काममा […]