प्रेस स्वतन्त्रताका सरकारले सदैव सम्मान गर्छ –सञ्चारमन्त्री कार्की ।।

कर्णालीदृष्टी संवाददाता २३ आश्विन २०७८, शनिबार ०७:०८

काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो मन्त्रालयलाई देखिने मन्त्रालयको रुपमा अगाडि बढाउन आफूले सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताएउनुभएको छ ।

शुक्रबार साँझ मन्त्रालयमा पदभार ग्रहण गरेपछि मन्त्री कार्कीले मन्त्रालयको कामलाई देखिने गरी सम्पादन गर्न, गराउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाउनुभएको हो । उहाले त्यस काममा मन्त्रालयका सबै कर्मचारीहरुको सहयोग रहने विश्वाससमेत व्यक्त गर्नुभयो ।

कार्कीले वर्तमान सरकारले प्रेस स्वतन्त्रताको सदैव सम्मान गर्ने पनि बताउनुभयो । स्वतन्त्र प्रेसले नै लोकतन्त्रको रक्षा गर्छ भन्ने मान्यतामा वर्तमान सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाले समाजको अपेक्षाअनुसार आफू अघि बढ्ने र त्यसमा मन्त्रालयका सचिवसहितका सबै कर्मचारीहरुको पनि उत्तिकै सहयोग पुग्ने अपेक्षासमेत गर्नुभयो ।

Next Post

मन्त्री झाँक्री भन्नुहुन्छ– सहरी विकास मन्त्रालयको बजेट फ्रिज भयो भन्ने सुन्नु नपरोस् ।।

२३ आश्विन २०७८, शनिबार ०७:०८
काठमाडौँ । नवनियुक्त सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले ’बजेट फ्रिज गरेको सुन्नु नपरोस भनी कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ । शुक्रबार पदभार ग्रहणपछि मन्त्री झाँक्रीले सम्पूर्ण क्षमता लगाएर काम गर्नुपर्ने भन्दै बजेट फिर्ता पठाउने अवस्था नआओस भन्ने भनाई राख्नुभएको हो । भन्ने भन्दा धेरै सुन्ने, सुन्नेभन्दा धेरै गर्ने हो । के काम […]

सम्बन्धित समाचार