दैलेख । दैलेख उद्योग वाणिज्य संघ दैलेखले कर्णाली प्रदेशका मुख्यमन्त्री जिवनबहादूर शाहीलाई बिभिन्न १६ बुदे माग पत्र हस्तान्तरण गरेको छ ।
बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री जिवनबहादूर शाहीलाई भेटी उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष कुलबहादूर विकको अध्यक्षतामा संघका पदाधिकाररिहरुको टोलीले १६ बुदे मागपत्र हस्तान्तरण गरेको उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष कुल बहादूर विकले जानकारि दिनुभयो ।
उहाँका अनुसार (बुधबार) कर्णाली प्रदेशको राजधानी सुर्खेतमै पुगेर उद्योग वाणिव्य संघ दैलेखका अध्यक्ष कुल बहादूर बिक सहित, कर्णाली प्रदेश अध्यक्ष पदम बहादूर शाही, दैलेख उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नरेन्द्र थापा, महा–सचिव प्रकाश पौडेल, पुर्व अध्यक्ष याम बहादूर मल्ल लगाएतको टोलीले मागपत्र हस्तान्तरण गरेको हो ।
संघले दैलेख जिल्ला एैतिहासिक, पुरातात्वीक, धार्मीक र प्राकृतिक रुपमा धनी जिल्ला भएको बताउदै जिल्लाको समग्र बिकासको लागि न्युन बजेट बिनीयोजन हुनु, प्रदेश र केन्द्र सरकारको खासै चासोको रुपमा दैलेख जिल्ला नपर्नु जस्ता कारणले दैलेख जिल्ला विकासको क्षेत्रमा पछि परेको माग पत्रमा उल्लेख गरिएको छ ।
मुख्यमन्त्री शाहीलाई हस्तान्तरण गरिएको मागपत्रमा दैलेख जिल्लाका सबै क्षेत्रहरुमा चक्लाबन्दी, ठुला तथा मझौला सिञ्चाई योजनाहरु, हरेक पालिकामा एउटा संकलन केन्द्र, हाटबजार स्थल निर्माण तथा सञ्चालन गर्नका लागी आवश्यक बजेट सहितका कार्यक्रमहरुको माग गरिएको छ ।
यस्तै दैलेख सुर्खेत सडक खण्डलाई कृर्षी तथा पर्यटकिय सडक घोषणा गरि स्तर उन्नती, दैलेखका ११ वटै स्थानिय तह– हरुमा हाटबजार संचालन र कृर्षी उपज संकलन केन्द्रका लागि आवश्यक बजेट बिनीयोजनको गर्न माग गरिएको छ ।
औद्योगिक लगानी बर्ष (२०७९÷८१) को आयोजनाका गर्नका लागि २०७९ मंसिरमा दैलेख सदरमुकाममा प्रदेशस्तरिय महोत्सव आयोजना गर्ने निर्णय भएकाले सो का लागी बजेट बिनीयोजनको माग गरिएको बताईएको छ ।
जिल्लामा विमानस्थल निर्माणका लागी आवश्यक पहल, पंचकोशी विकास बोर्ड गठनका लागी माग गर्नुका साथै दैलेखमा जडिबुटीको हव भएकाले जडिबुटी प्रशोधन केन्द्रका साथै हाते कागज, अल्लो प्रसोधन केन्द्र स्थापना गर्नका लागि सह–लगानिका लागि आवश्यक बजेट बिनीयोजनको माग गरिएको छ ।
यस्तै बाकेको जमुनाहा, सुर्खेत, दैलेख सदरमुकाम, महावू हुदै हिल्सा जोड्ने सडकका लागी आवश्यक बजेट तथा दैलेखको श्रीस्थान क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको उत्खनन गर्नका लागि हाल कार्य स्थगित भएकाले संघिय सरकारसंग पहल गरिदिने लगाएतका १६ बुदे मागपत्र बुझाईएको उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष कुल बहादूर बिकले जानकारी दिनुभयो ।
उहाँले जिल्लामा बिद्यतीकरण, दैलेख सदरमुकाममा आधुनिक सुबिधा सम्पन्न सिटी हल निर्माणका लागि आवश्यक बजेट, लघू, उद्यमी र व्यवसायिहरुका लागि नविकरणमा लाग्ने शुल्कमा छुट, राकम कर्णालिमा औद्योगिक ग्राम स्थापना र संचालन, राईलि र नौमुलेको द्धारी झरनालाई पर्यटकिय स्थल निर्माणका लागि आवश्यक बजेट बिनियोजन लगाएतका मागहरुसहितको मागपत्र हस्तान्तरण गरिएको अध्यक्ष बिकले बताउनुभयो ।