बाँकेमा बसको ठक्करबाट दुईको मृत्यु, राजमार्ग अवरुद्ध ।।

कर्णालीदृष्टी संवाददाता २६ आश्विन २०७८, मंगलवार ०६:४५

बाँके । बाँकेको राप्तीसोनारीस्थित परुवा खोला नजिकै बसको ठक्करबाट दुई जनाको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी–८ परुवाखोला नजिकै बसको ठक्करबाट दुई जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।

काठमाडौँदेखि बैतडी जाँदै गरेको ना ६ ख ७४८४ नम्बरको बसले सोमबार दिउँसो पौने २ बजेतिर ठक्कर दिँदा राप्तीसोनारी–८ बालापुर बस्ने २६ वर्षीया चन्द्रा बुढाथोकी खड्का र ३४ वर्षीया गीता थारुको मृत्यु भएको प्रमुख मल्लले जानकारी दिए ।

बसको ठक्करबाट मृत्यु भएको विषयलाई लिएर पीडित पक्षले पूर्वपश्चिम राजमार्गअन्तर्गत समसेरगञ्जमा राजमार्ग अवरुद्ध गरेपछि लामो र छोटो दूरीका सवारी साधनहरु रोकिएका छन् । पैदल हिँडिरहेका चौधरी र खड्कालाई बसले ठक्कर दिएको जनाइएको छ ।

Next Post

आज फूलपाती, शुभ साइतको प्रतीक फूलपाती भित्राएर मनाइँदै ।।

२६ आश्विन २०७८, मंगलवार ०६:४५
काठमाण्डौ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्राएर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीहरुको महान् चाड बडादशैंको चहलपहल आजैका दिनदेखि अझै बढ्ने गर्दछ । आजैका दिनदेखि सरकारी […]