कर्णाली सरकारले आइतबारसम्म पूर्णता पाउँछः मुख्यमन्त्री शाही

कर्णालीदृष्टी संवाददाता २२ माघ २०७८, शनिबार ०७:०३

सुर्खेत । कर्णाली सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले अब कर्णाली सरकारले आइतबारसम्म पूर्णता पाउने बताउनुभएको छ ।

सत्ता गठबन्धन पार्टीका तल्लो तहदेखि भएका विभिन्न राजनीतिक कार्यक्रमदेखि केन्द्रीय महाधिवेशन तथा कोभिड–१९ को तेस्रो लहरको प्रभावले सरकारले पूर्णता पाउन नसके पनि अब सरकारले पूर्णता पाउने मुख्यमन्त्री शाहीले जानकारी दिनुभयो ।

सरकार विस्तारका साथै अन्य महत्वपूर्ण काम र योजनाका विषयमा मुख्यमन्त्री शाहीले जानकारी दिनुभएको हो ।

कर्णालीमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका हिसाबले माओवादी केन्द्रका १२, कांग्रेसका ६ र समाजवादीका ३ प्रदेश सभा सदस्य छन् । जसमा माओवादीले ४, कांग्रेसले मुख्यमन्त्रीसहित ३ र एकीकृत समाजवादीले ३ मन्त्रालय पाउनुपर्ने प्रस्ताव राख्दैआएका थिए ।

सरकार गठनमा सत्ता गठबन्धनभित्र आपसी सहमति हुन नसकेपछि त्यसको टुङ्गो लगाउन केन्द्रलाई जिम्मेवारी दिइएको छ ।

सरकारमा गठबन्धन दलभित्र कसको कति मन्त्री हुने भन्ने कुराको जानकारी पनि त्यसै दिन सार्वजनिक गर्ने भन्दै मुख्यमन्त्री शाहीले सत्ता गठबन्धन दलभित्रको लामो गृहकार्यपछि कर्णाली सरकार आफ्नो लयमा अघि बढ्ने बताउनुभयो । # Kantipur

Next Post

श्रीलङ्काका राष्ट्रपतिद्वारा १ सय ९७ कैदीलाई माफी

२२ माघ २०७८, शनिबार ०७:०३
श्रीलङ्काका राष्ट्रपति गोताबाय राजापक्षले एक सय ९७ कैदीलाई आम माफी दिनुभएको छ । देशको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा सरकारको सिफारिसमा उहाँले एक सय ९७ कैदीलाई आम माफीको घोषणा गर्नुभएको हो । कारागारभित्र रहँदा व्यवहार तथा चरित्रमा सुधार हुँदै गएकाहरूलाई बाँकी सजाय छुट गरिएको सरकारले जनाएको छ । व्यवहारमा सुधार भएकामध्ये […]