कर्णाली प्रदेश सरकारले विपन्न नागरिकको घर बनाइदिने

कर्णालीदृष्टी संवाददाता १३ फाल्गुन २०७८, शुक्रबार १७:३४

सुर्खेत – कर्णाली प्रदेश सरकारले प्रदेशका विपन्न नागरिकको घर बनाइदिने गरी कार्यविधि स्वीकृत गरेको छ । प्रदेश मन्त्रिपरिषद् बैठकले विपन्न नागरिकको घर निर्माणसम्बन्धी कार्यविधि स्वीकृत गरेको हाे । सरकारले विपन्न नागरिकको घर बनाउन पाँच करोड रुपैयाँ बजेट समेत छुट्याएको छ ।

पाँच करोडमा झण्डै एक सय घर निर्माण गर्ने लक्ष्य लिइएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले जानकारी दिनुभयो । विपन्नहरूको घर निर्माणका लागि हुम्ला र डोल्पामा पाँच लाख र अरु जिल्लामा चार लाख रुपैयाँका दरले उपलब्ध गराइनेछ ।

मन्त्री विष्टका अनुसार सुर्खेतका बाढी पीडित परिवारलाई तीन लाख रुपैयाँका दरले आर्थिक सहयोग दिने निर्णय भएको छ । २०७१ सालको बाढीबाट प्रभावित सुर्खेतका एक हजार ६२ परिवारलाई प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/७९ मा प्रतिपरिवार तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको हो ।

तीन लाखका दरले प्रदेश सरकारले ३१ करोड ८६ लाख रुपैयाँ रकम वितरण गर्ने भएको छ ।

Next Post

जनताको मुख्य सत्रु भनेकै गरिवी, वेरोजगारी र अशिक्षा हो: मन्त्री शाही

१३ फाल्गुन २०७८, शुक्रबार १७:३४
दैलेख । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीले समुन्नत नेपाल निर्माणका लागि कर्णाली सरकार प्रतिवद्व रहेको बताउनु भएको छ । नेपाली कांग्रेस भैरवी गाउँ कार्य समिति दैलेखले आज (शुक्रबार) आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शाहीले नेपाली जनताको सत्रु भनेकै गरिवी, वेरोजगारी, अशिक्षा […]