पहिरो खसेर बन्द भएको कर्णाली राजमार्ग आज देखि खुल्यो ।।

सडक सञ्चालनमा आएपछि रोकिएका गाडी गन्तव्यतिर हिँडे

कर्णालीदृष्टी संवाददाता ५ कार्तिक २०७८, शुक्रबार १७:५१

सुर्खेत । गएको आइतवारदेखिको वर्षापछि पहिरो खसेर बन्द भएको कर्णाली राजमार्ग आज देखि खुलेकोे छ । नेपाली सेना, सशत्र प्रशरी, जनपथ प्रहरी, सडक डिभिजन कार्यालय जुम्ला र पालिकाको सक्रियतामा कर्णाली राजमार्ग अन्तर्गत पिलीमा गएको पहिरो हटाइएपछि राजमार्ग खुलेको हो ।

कालीकोटको पिलीमा आएको ठूलो पहिरो हटाउन प्रदेश सशस्त्र प्रहरी कार्यालयबाट हेलिकप्टरमार्फत ड्रिल मेशिन मगाइ ढुङ्गा फुटाएर सडक सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आर्चायले बताउनुभयो । सडक सञ्चालनमा आएपछि रोकिएका गाडी गन्तव्यतिर हिँडेका छन् ।

यसैबिच सुदूरपश्चिमको पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग तीन दिनपछि सञ्चालनमा आएको छ । भासु भिर, डडेलधुराको साहुखक तथा डोटीको गैरा तथा गोल्डेनमा खसेको पहिरो पन्छाएपछि आजदेखि राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय डोटीका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो ।

 

Next Post

एमाले दैलेखको वडा र पालिका अधिवेशन कार्तिक १२ र १५ गते हुने ।।

५ कार्तिक २०७८, शुक्रबार १७:५१
दैलेख । नेपाल कम्युनिष्ट पार्टी एमाले दैलेखले वडा अधिवेशन र पालिका अधिवेशन कार्तिक १२ र १५ गते गर्ने भएकोे छ । केन्द्रले कात्तिक ६ गते वडा अधिवेशन र कात्तिक ९ गते पालिका अधिवेशन गर्ने भनेर निर्देशन दिए पनि वर्षातको कारण जिल्ला कमिटीले अधिवेशन सार्ने निर्णय गरेको हो । वर्षातले सबैलार्ई […]