प्रधानन्यायाधीशलाई राजीनामा दिन चौतर्फी दबाव ।।

कर्णालीदृष्टी संवाददाता ९ कार्तिक २०७८, मंगलवार ०७:१५

काठमाण्डौ । मन्त्रिपरिषद विवादमा भागबण्डा खोजेपछि विवादमा मुछिएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन चौतर्फी दबाव परेको छ ।

१४ न्यायाधीशले फुलकोर्ट बहिष्कारको निर्णय गरेको भोलिपल्ट चार पूर्वप्रधानन्यायाधीश, नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनले प्रधानन्यायाधीश जबराको राजीनामा मागेका हुन् ।

पूर्वन्यायाधीश समाजले यसअघि शुक्रबार नै प्रधानन्यायाधीशलाई राजीनामा दिन आग्रह गरेर विज्ञप्ति जारी गरेको थियो भने केही वरिष्ठ कानून व्यवसायीले पनि अनौपचारिक रुपमा राजीनामा मागेका छन् ।

Next Post

चितुवा भगाउन कन्चनपुरमा हात्तीसहितको टोली

९ कार्तिक २०७८, मंगलवार ०७:१५
कञ्चनपुर । बेलडाँडी नगरपालिकामा चितुवा भगाउन हात्तीसहितको टोली परिचालन गरिएको छ। चितुवाले स्थानीय बासिन्दाका गोठमै छिरेर चौपाया मारेर खान थालेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले दुईवटा हात्तीसहित वन रक्षकको टोली परिचालन गरेको हो। चितुवाले लगातार बाख्रा, बाच्छाबाच्छी, गाई गोरुलाई गोठबाटै लगेर खान थालेको जनगुनासो बढेपछि हात्तीसहितको टोली चितुवा भगाउन परिचालन गरिएको निकुञ्जका प्रमुख […]