नक्कली नोट र लागूऔषधसहित सुर्खेतमा तीन जना पक्राउ

कर्णालीदृष्टी संवाददाता १८ माघ २०७८, मंगलवार ०६:५६

सुर्खेत । नक्कली नेपाली नोट र लागूऔषधसहित सुर्खेत प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको फोर्स गाडीमा चेकजाँच गर्दा वीरेन्द्रनगरका दुई र भेरीगंगा नगरपालिकाका एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर–१० घर भएका २६ वर्षीय आसिस बैगार सोही ठाउँका २१ वर्षीय विवेक विक र भेरीगंगा नगरपालिका–९ का २४ वर्षीय प्रमोद गुरुङ छन् ।

तीनै जनालाई रत्न राजमार्गको भेरीगंगा नगरपालिका–१० स्थिति तोलीखोलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

प्रहरीले उनीहरुको साथबाट नाईट्राभेट (लागूऔषध) ८८५ ट्याबलेट र नक्कली एक हजार नेपाली नोट ९ वटा वरामद गरिएको प्रवक्ता घर्तीले बताउनुभयो । तीनै जनालाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय छिन्चुमा राखिएको छ ।

Next Post

भूमि आयोग सुर्खेतले छिट्टै लालपूर्जा दिने

१८ माघ २०७८, मंगलवार ०६:५६
सुर्खेत । राष्ट्रिय भूमि आयोग जिल्ला समिति सुर्खेतले छिट्टै लालपूर्जा दिने भएको छ । अध्यक्ष श्रीधर पौड्यालले वास्तविक भूमिहीनलाई जग्गाको मालिक बनाउने गरी काम छिटो भइरहेको बताउनुभयो । उहाले पहिलेको आयोगले अधुरा राखेका कामको अध्ययन गरेर लालपूर्जा लागि बाँकी प्रक्रिया अगाडि बढिरहेको जानकारी दिनुभयो । आयोगले जनताको हातमा रातोपुर्जा दिन्छ […]