काठमाडौंःचर्चित गायिका मञ्जु उपासनाको म्युजिक भिडियो ‘दिइसके यो जीवन ‘’ ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ । म्युजिक भिडियो मञ्जरी संगीत पाठशालाले निर्माण गरेको हो ।
मञ्जु उपासना, एच.वि.सुनारको सुमधुर स्वर रहेको सो गीतको लय तथा सङ्गीत सिर्जना पनि एच.वि सुनारले गरेका हुन् । गीतको म्युजिक भिडियोमा उत्तम श्रेष्ठ शिशिरको निर्देशन पुष्प खड्का, गीता ढुंगाना लगायतको अभिनय रहेको छ ।
२०६७ मा केदार नेपाल संगको सहकार्यमा ‘आँधी’ गीति एल्वम बजारमा ल्याएकी मञ्जुले त्यस पछि श्रोताहरुको चाहना अनुसार विभिन्न गीत संगीत दर्शक श्रोता माझ ल्याइसकेकी छिन् । सकारात्मक सन्देशमूलक र चेतनामूलक शब्दयुक्त गीतलाई प्राथमिकता दिने गायिका मञ्जुले गीत संगीतको माध्यमबाट समाजलाई केही दिन सकेमा आफनो जीवन सन्तुष्ट हुने उनले वताइन् । विगतमा जस्तै दिइसके यो जीवन लाई पनि दर्शक,श्रोताले माया गर्ने उनले विश्वास लिएकी छिन् ।