दैलेखमा १ हजार ९ सय ८३ जनाको मनोनयन दर्ता

कर्णालीदृष्टी संवाददाता १४ बैशाख २०७९, बुधबार ०६:४९

दैलेख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दैलेखमा एक हजार नौं सय ८३ जनाले बिभिन्न पदमा मनोनयन दर्ता गराएका छन ।

जिल्ला निर्वाचन कार्यालय दैलेखले दिएको जानकारी अनुसार जिल्लाको दुल्लू नगरपालिकामा दुई सय ५४, आठबीस नगरपालिकामा दुई सय २०, चामुण्डा विन्द्रासैनी नगरपालिकामा दुई सय ३६, र नारायण नगरपालिकामा २ सय ३५ जनाको उम्मेदवारी परेको छ ।

यस्तै, गुराँस गाउँपालिकामा एक सय ३६, डुंगेश्वर गाउँपालिकामा एक सय १०, भगवतीमाई गाउँपालिकामा एक सय ५०, नौमुले गाउँपालिकामा एक सय ५४, महाबु गाउँपालिकामा एक सय ५६, भैरबी गाउँपालिकामा एक सय ७५ र ठाटीकाँध गाउँपालिकामा एक सय ५७ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकृत मनमाया काउचाले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाभर पालिका प्रमुखमा ७७, उपप्रमुखमा ६५ जनाको उम्मेदवारी परेको छ भने वडाअध्यक्षमा चार सय ७४, खुला सदस्यमा सात सय २१, महिला सदस्यमा तीन सय ३८ र दलित महिला सदस्यमा तीन सय आठ जनाले उम्मेदवारी दिएका छन् ।

Next Post

हप्तामा दुई दिन बिदा दिने सरकारकाे निर्णय

१४ बैशाख २०७९, बुधबार ०६:४९
काठमाण्डाै – सरकारले आउँदो जेठ १ गतेदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले शनिवार र आइतवार गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । हप्तामा दुई दिन बिदा दिएपछि अरू […]