स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने सरकारको निर्णय

कर्णालीदृष्टी संवाददाता २४ माघ २०७८, सोमबार १७:५४

काठमाण्डौ । सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेकोे बैठकले स्थानीय तहको निर्वाचनको मिति तय गरेको हो ।

निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ वैशाखको मिति सिफारिस गरेको थियो । तर, सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले ४ जेठ प्रस्ताव गरेको थियो ।

स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने छ ।  सरकारले मन्त्रिपरिषद्को बैठक बस्नु अघि निर्वाचनको मिति तय गर्ने विषयमा आजै निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेको थियो ।

Next Post

कर्णाली मन्त्रिपरिषद् समावेशी नभएको जनाउँदै अदालतमा रिट

२४ माघ २०७८, सोमबार १७:५४
सुर्खेत – कर्णाली प्रदेश मन्त्रिपरिषद् समावेशी नभएको जनाउँदै उच्च अदालत सुर्खेतमा रिट दर्ता भएको छ । नेपालको संविधानको १६८ (९) बमोजिम समावेशी सिद्धान्त विपरीत मन्त्रिपरिषद् गठन भएको भन्दै अधिवक्ता शेरबहादुर खत्री र अधिकारकर्मी टीका विष्टले आज मङ्गलवार उच्च अदालतमा रिट दायर गर्नुभएको हो । मुख्यमन्त्री जीवनबहादुर शाहीले गएकाे आइतवार संविधान […]