सरकारले फेरि बढ्यो इन्धनको भाउ बढायो

कर्णालीदृष्टी संवाददाता १३ कार्तिक २०७८, शनिबार ०७:४४

काठमाण्डौ । सरकारले फेरि इन्धनको भाउ बढाएको छ । गएरातिदेखि लागू हुने गरी नेपाल आयल निगमले खाना पकाउने ग्याँससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको भाउ बढाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ निरन्तर बढिरहेकाले घाटा कम गर्न भन्दै निगमले स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको मूल्य १ सय ३३ रुपैयाँ कायम गरेको छ । त्यसैगरी डिजेलरमट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढेर १ सय १६ रुपैयाँ पुगेको छ ।

आन्तरिक तथा बाह्य हवाई इन्धनमा साविकको बिक्री मूल्यमा प्रतिलिटर १० रुपैयाँले बढाएर आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ९६ रुपैयाँ पुगेको छ । यस्तै एलपी ग्याँसमा साविक बिक्री मूल्यमा प्रति सिलिण्डर ५० रुपैयाँले बढाएर एक हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।

पछिल्लो पटक असोज ३० गते इन्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन नगर्दा १५ दिनमा दुई अर्ब २२ करोड रुपैयाँ घाटा भएको पनि निगमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

Next Post

सङ्घीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य

१३ कार्तिक २०७८, शनिबार ०७:४४
काठमाण्डौ। सङ्घीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य भएको छ । बिहीवार बसेको मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम राति १२ बजेदेखि संसद्का दुवै सदनको अन्त्य भएको घोषणा गर्नुभएको हो । शुक्रवार सङ्घीय संसद्का महासचिव भरतराज गौतमले एक विज्ञप्ति जारी गरी कात्तिक २९ गतेका […]