सङ्घीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य

कर्णालीदृष्टी संवाददाता १३ कार्तिक २०७८, शनिबार ०७:४८

काठमाण्डौ। सङ्घीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य भएको छ । बिहीवार बसेको मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम राति १२ बजेदेखि संसद्का दुवै सदनको अन्त्य भएको घोषणा गर्नुभएको हो ।

शुक्रवार सङ्घीय संसद्का महासचिव भरतराज गौतमले एक विज्ञप्ति जारी गरी कात्तिक २९ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक पनि अन्त्य भएको जानकारी दिनुभयो ।

Next Post

देशभर चिसो बढ्यो दैनिक १ देखि २ डिग्री सेल्सियस तापक्रम घट्दै

१३ कार्तिक २०७८, शनिबार ०७:४८
काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढेको छ । हिजो काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव एक डिग्री रहेकोमा आज १० दशमलव ६ डिग्रीमा झरेको छ । काठमाण्डौ उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अब चिसो निरन्तर […]