कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय दैलेखको सेवा बन्द

कर्णालीदृष्टी संवाददाता १६ माघ २०७८, आईतवार १८:२२

दैलेख । जिल्ला प्रशासन कार्यालय दैलेखमा कार्यरत केही कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि कार्यालयको नियमित कामकाज रोकिएको छ ।

कार्यालयमा कार्यरत ४ जना कर्मचारीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएपछि कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवा बन्द गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिनुभयो ।

कोरोना संक्रमण पुष्टि भएका कर्मचारीहरु उपचाररत रहेको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताउनुभयो ।

उहाका अनुसार प्रशासन माकार्यरत अन्य कर्मचारीहरुमा समेत कोरोना संक्रमणको लक्षण देखिएपछि परीक्षणको क्रममा रहेको र सेवा ग्राहीहरुको स्वास्थ्य सुरक्षा र संवेदनशीलतालाई मध्यजनर गर्दै भोली माघ १७ गते सोमवारदेखि माघ २१ गतेसम्मका लागि सेवा प्रवाह बन्द गरिएको हो ।

कार्यालयका अनुसार मुद्धा, विपद् व्यवस्थापन र शान्ति सुरक्षाका सेवा प्रवाहहरु भने नियमित रुपमा सञ्चालन हुनेछन ।

यस्तै राष्ट्रिय वाणिज्य बैंक दैलेखमा कार्यरत कर्मचारीमा पनि कोरोना संक्रमण देखिएपछि माघ १४ गते शुक्रबारबाट नै एक हप्ताका लागी सेवा बन्द गरिएको छ । बैंकमा कार्यरत अधिकाँश कर्मचारीलाई कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको बैंकले जनाएको छ ।

लामो समय कोरोना संक्रमितको संख्या शुन्य रहेको दैलेखमा पछिल्लो समय संक्रमणको दर बढ्न थालेको छ । आज (आईतबार) सम्ममा जिल्लामा ९० जनामा संक्रमण पुष्टि भईसकेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताउनुभयो । उहाका अनुसार सबै संक्रमितहरु अहिले होम आइसोलेसनमा रहेका छन ।

Next Post

सरकारले चुनाव गराएन भने पनि आगामी जेठमा राजिनामा दिन्छू: अध्यक्ष ओली

१६ माघ २०७८, आईतवार १८:२२
दैलेख । दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले संवैधानिक व्यवस्थाअनुसार तोकिएकै समयमा स्थानीय तहको निर्वाचन नभए पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । उहाँले स्थानीय सरकारको अवधि पाँच वर्षको रहने भनी संविधानमा व्यवस्था भएको र त्यही आधारमा आगामी जेठ महिनामा पाँच वर्ष पुग्ने भएकाले यस अवधिमा निर्वाचन नभएमा आफूले गाउँपालिका […]