दैलेखको आठबिसमा बस दुर्घटना, चार जनाको मृत्यु

कर्णालीदृष्टी संवाददाता १२ जेष्ठ २०७९, बिहीबार ०७:१०

दैलेख । दैलेखको आठबिस नगरपालिकामा बस दुर्घटना हुदा ४ जनाको मृत्यू भएको छ । कालीकोटबाट सुर्खेततर्फ जादै गरेको म १ ख ६६० नम्बरको यात्रुबाहक बस बुधबार साझ दैलेखको आठबीस नगरपालिका–२ सिस्ने नजिक दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि ४ जनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । प्रहरीका अनुसार मृत्यू हनेमा दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ९ का करिब ३० बर्षया प्रेम बहादूर सुनार, सोहि स्थानका ३५ बर्षीया कासिराम पाण्डे, कालीकोटको पलाता गाउपालिका वडा नम्बर ३ का करिव ३५ बिर्षीया ज्ञान बहादुर बम र सोही ठाउका करिब ६० बर्षीया धनकला शाहीको मृत्यू भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा थुप्रै यात्रुहरु घाईते भएको र घाईतेहरुको प्रादेशिक अस्पलाल सुर्खेतमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । खचाखच यात्रुले भरिएको बस बुधबार साझ करिव ८ बजेतिर दुर्घटनामा परेको थियो ।

Next Post

नव निर्वाचित अध्यक्ष, उपाध्यक्षको स्थलगत अनुगमन

१२ जेष्ठ २०७९, बिहीबार ०७:१०
दैलेख : महाबु गाउँपालिकाका नव निर्वाचित अध्यक्ष, उपाध्यक्षले योजना अनुगमनको कामलाई तिव्रता दिएका छन् । गाउँपालिकाको सदरमुकाम गैडावाज बजारमा धेरै लामो समय देखी खानेपानीको समस्या रहेको र यहाँको जनतालाई स्वच्छ खानेपानी दैनिकी पिउन निकै कष्टकर रहेको थियो । बिहिवार बिहान गाउँपालिका अध्यक्ष लछुमन गुरुङ, उपाध्यक्ष मन्जु पाण्डे, प्राविधिक लगायतको टोलिले […]