प्रधानमन्त्री देउवा स्टकल्याण्डमा, कोप २६ सम्मेलनलाई सम्बोधन गर्ने

कर्णालीदृष्टी संवाददाता १५ कार्तिक २०७८, सोमबार ०७:२३

स्टकल्याण्ड । प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार र मंगलबार ९यही नोभेम्बर १ र २० मा ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन ९ कोप २६० अन्तर्गतको वर्ल्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति यहाँ आइगेका हुन् ।

स्थानीय समयानुसार उनी सोमबार दिउँसो सम्मेलनको उद्घाटन समारोहमा सहभागी भई सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । साथै उनले विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्तासमेत गर्नेछन् ।

भ्रमणका क्रममा उनले मङ्गलबार बिहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । सोही दिन उनले श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता तथा विश्व बैंक, आइएमओ र युके एमओडीका पदाधिकारीसँग पनि साइडलाइन बैठक गर्नेछन् ।

सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपालबाट शुक्रबार राति संयुक्त अधिराज्यको लण्डन पुग्नुभएका प्रधानमन्त्री देउवासँग शनिबार र आइतबार लण्डनमा विभिन्न सङ्घसंस्थाका पदाधिकारीहरूले भेटवार्ता गर्नुका साथै उहाँ विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।

प्रधानमन्त्री देउवा आइतबार राति लण्डनबाट स्कटल्याण्डको इडिनवर्ग हुँदै ग्लास्गो आइपुगेका हुन् । अक्टोबर ३१ देखि ग्लास्गोमा सुरुआत भएको कोप २६ नोभेम्बर १२ तारिखसम्म चल्नेछ । # onlinekhabar.com

Next Post

कर्णालीका ३ मन्त्री आज पदमुक्त हुँदै

१५ कार्तिक २०७८, सोमबार ०७:२३
सुर्खेत । कर्णाली प्रदेश सरकारका तीन जना मन्त्री आज सोमवार पदमुक्त हुँदै छन् । प्रदेशसभा सदस्य नरहेको व्यक्ति ६ महीनाभन्दा बढी मन्त्री बन्न नपाइने कानूनी व्यवस्था अनुसार तीनै जनाको पदावधि आजदेखि सकिंदैछ । सांसदविनै मन्त्री बनेका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही […]