दैलेख : स्मृति शाही र भुवन थापा मगरको स्वरमा रहेको दशैँसम्बन्धी गीत सार्वजनिक भएको छ। गीतमा विष्णुमाया गुरुङले पनि स्वर दिएकी छन्
गरिबी र बेरोजगारीका कारण परदेशिनु पर्ने नेपाली युवाको कथामा आधारित गीत युट्युब च्यानलमार्फत् आइतबार सार्वजनिक भएको हो।
गीतमा खेम दर्लामी मगरको शब्द र बिराज थापा मगरको लय रहेको छ, उक्त खेम दर्लामी मगरको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको गीतको म्युजिक भिडियोमा सारिका केसी, गणेश गुरुङ र निस्मा अधिकारीले अभिनय गरेका छन् ।
दैलेखको बिकट ठाउँ महाबु गाउँ पालिकाको वर्डा नं. ६ टाकुरीमा जन्म भएका भुवन थापा मगर , खेम दर्लामी र बिराज थापा मगर गित संगीतको सिलसिलामा काठमाडौलाई कर्म थलो बनाएका छन, सोही म्युजिक भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन् भने छायांकन महेश महरा र सम्पादन शिव पौडेलले गरेका हुन् । https://youtu.be/yy48rYm0pjg


