दसैं भत्ता फिर्ता गर्न कांग्रेस सांसदलाई देउवाको निर्देशन ।

काठमाडौ : ३ कार्तिक २०७७, सोमबार ११:४८

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीका सांसदलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिएका छन्।

संसदीय दलका नेतासमेत रहेका सभापति देउवाले पार्टीको संसदीय दलमार्फत् सबै सांसदलाई दसैं भत्ता संसद सचिवालयलाई नै फिर्ता गर्न निर्देशन दिएका हुन्।

कोरोना महामारी र कतिपय सांसद चाडपर्व मनाउन उपत्यका बाहिर गइसकेकोले तत्काल संसदीय दलको बैठक राख्न सम्भव नभएपछि देउवाले उक्त निर्देशन दिएका हुन्।

कांग्रेस सांसदहरूले संसदीय दलमै छलफल गरेर सबै सांसदको भत्ता फिर्ताको निर्णय गर्नुपर्ने माग गरिरहेका छन्।

सभापति देउवाले सोमबार संसदीय दललाई सांसदका भत्ता फिर्ता गर्न निर्देशन दिएका हुन्।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सभापतिले दसैं भत्ता फिर्ता दिन निर्देशन दिइसकेको जानकारी दिए।

‘अहिले संसदीय दलको बैठक बस्न सक्ने अवस्था छैन। कतिपय सांसदहरू उपत्यका बाहिर हुनुहुन्छ,’ उनले सेतोपाटीसँग भने, ‘सभापतिलेज्यूले भत्ता फिर्ता दिन निर्देशन दिइसक्नु भएको छ। यसबारे दिउँसो विज्ञप्तिबाट औपचारिक जानकारी गराइन्छ।’

खाँणले आइतबार नै संसद सचिवालयलाई पत्र लेखेर भत्ता फिर्ता गर्ने जानकारी गराएका थिए।

कोरोना महामारीका बेला दसैं भत्ता लिनु उपर्युक्त नहुने पनि खाँणले बताएका छन्।

‘संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीका प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदले आफ्नो खातामा आएको दसैं भत्ता संसद सचिवालयमार्फत् सरकारलाई र कोरोना कोषलाई फिर्ता गरिदिने निर्णय भइसकेको छ,’ उनले भने।

प्रतिनिधिसभामा कांग्रेसका ६३ र राष्ट्रिय सभामा ६ जना सांसद छन्। संघीय सांसदहरूले ६४ हजार ७० रूपैयाँ दसैं भत्ता पाएका थिए।

सरकार कोरोना संक्रमितको परीक्षण र उपचारबाट पन्छन नमिल्ने पनि कांग्रेसको भनाइ छ।

Next Post

मालपोत कार्यालय दैलेखका घुस लिने दुई जना पक्राउ।

३ कार्तिक २०७७, सोमबार ११:४८
दैलेख : मालपोत कार्यालय दैलेखमा  घुस रकम लिने दुई जनालाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको छ । सेवाग्राहीबाट बारम्बार घुस माग्ने दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले आज पक्राउ गरेको हो । सेवाग्राहीको उजूरीको आधारमा उनीहरुलाई पक्राउ गरेको र उनिहरुको  नाम भने नखुलेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका […]

सम्बन्धित समाचार