नेपाली काँग्रेसले १३ जिल्लामा आज वडा अधिवेशन गर्दै

कर्णालीदृष्टी संवाददाता २७ कार्तिक २०७८, शनिबार ०९:५१

काठमाण्डौ । नेपाली काँग्रेसले १३ जिल्लामा वडा अधिवेशन आज गर्दैछ । क्रियाशील सदस्यता विवादका कारण वडा अधिवेशन हुन नसकेका १३ जिल्लामा आज अधिवेशन गर्न लागिएको हो । १३ जिल्लामा अधिवेशनमार्फत आज क्षेत्रीय प्रतिनिधि चुनिने काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

समिति संयोजक महादेव प्रसाद यादवले अधिवेशनका बाँकी प्रक्रियामा कुनै रोकावट नहुने भएकाले आज १३ जिल्लामा वडा अधिवेशन गराउन लागेको जानकारी दिनुभयो ।

वडा अधिवेशन सकाएपछि काँग्रेसले बाँकी रहेका गाउँ र नगर पालिका अधिवेशन कात्तिक ३०, प्रदेश सभा क्षेत्रीय अधिवेशन मङ्सिर ३, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक क्षेत्रमात्र भएको जिल्लामा जिल्ला अधिवेशन मङ्सिर ६, एकभन्दा बढी क्षेत्र भएको जिल्ला अधिवेशन मङ्सिर १० मा गर्ने तालिका निकालेको छ ।

प्रदेश अधिवेशन मङसिर १६ र १७ तथा केन्द्रीय महाधिवेशन मङ्सिर २४ देखि २६ सम्म काठमाडौँमा गरिने छ । चार वर्षे पदावधि भएको वर्तमान काँग्रेस कार्यसमतिले ६ वर्ष हुँदा पनि आफ्नो अधिवेशन सम्पन्न गर्न नसक्दा संवैधानिक सङ्कटमै परिसकेको छ ।

Next Post

एमालेले महाधिवेशनका लागि आज प्रतिनिधि चयन गर्ने

२७ कार्तिक २०७८, शनिबार ०९:५१
काठमाण्डौ । नेकपा (एमाले) ले १०औैँ राष्ट्रिय महाधिवेशनका लागि आज प्रतिनिधि चयन गर्ने भएको छ । चितवनमा मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि आज एकैदिन देशभरबाट एक हजार ९ सय ९९ जना प्रतिनिधि चयन गर्न लागिएको एमालेले जनाएको छ । कतिपय स्थानमा भने सर्वसम्मत प्रतिनिधि चयन भइसकेका छन् […]