जुम्ला । सिंजा गाउँपालिका वडा नम्वर ६ का पाँच सय घरधुरी अझै अध्यारोमा बस्न बाध्य भएका छन । गाउँमा विजुलीको सुविधा नहँुदा सिंजा गाउँपालिका वडा नम्बर ६ का नागरिक पुरानै टुक्की र सोलारको भरमा बस्न बाध्य भएका हुन् ।
अहिलेसम्म पनि विजुलीको अनुभव गर्न नपाएको स्थानीय दलबहादुर बुढाले बताउनुभयो । गाउँमा विद्युत सेवाको सुविधा नहुँदा विद्यार्थीलाई समेत अध्यानमा समस्या भएको छ ।
स्थानीय तह सञ्चालन भएको झण्डै ४ बितिसक्दा पनि विजुली नपुगेको स्थानीयको गुनासो छ ।