एमसीसीका कारण गठबन्धन भत्किन्छ, नयाँ ध्रुवीकरण हुन्छ: उपाध्यक्ष बादल

कर्णालीदृष्टी संवाददाता १४ फाल्गुन २०७८, शनिबार १८:३४

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले नेपाली राजनीतिमा छिटै नयाँ ध्रुवीकरण हुने बताउनुभएको छ ।

नेकपा एमालेले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अमेरिकी सहयोग परियोजना एमसीसीका कारण राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरण हुने दावी गर्नुभयो ।

‘यो स्वार्थले बनेको अवसरवादीहरुको गठबन्धन हो, अवसरवादीहरुले एमालेलाई एक्ल्याउन खोजेका थिए । एमसीसीकै कारण अबको एक दुई दिनमा गठबन्धन भत्किन्छ र, राष्ट्रिय राजनीतिमा ध्रुवीकरण हुन्छ’ उपध्यक्ष बादलले भन्नुभयो ।

बादलले अहिलेको सत्ता गठबन्धनलाई प्रतिक्रियावादी र अवसरवादीको संज्ञा दिनुभयो । एमालेको नेतृत्वमा मात्रै समृद्धि सम्भव रहेको भन्दै उनले निर्वाचनमा बहुमत ल्याउने गरी तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

Next Post

सुरेन्द्र महर्जन(अमर) को “आँखा झिमिक्क पारेर ” म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

१४ फाल्गुन २०७८, शनिबार १८:३४
काठमाडौं : विगत लामो समय देखि साहित्य तथा गीतसंगीतमा लागेका साहित्यकार सुरेन्द्र महर्जन’अमर’ को आँखा झिमिक्क पारेर गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । साहित्यकार सुरेन्द्र महर्जन’अमर’ को रचनामा संगीतकार सन्तोष श्रेष्ठको संगीतमा रहेको गीत ‘आँखा झिमिक्क पारेर’ गीतको म्युजिक भिडियो काठमाडौंको बिजुलिबजार स्थीत कार्निवल रेष्टो एण्ड मिटिङ रेष्टुरेन्टमा एक […]