जाजरकोटमा ट्र्याक्टर दुर्घटनामा परी एक महिलाको मृत्यु

कर्णालीदृष्टी संवाददाता १ मंसिर २०७८, बुधबार ०६:४५

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका १० भुरचौरदेखि स्थानीय फेराखोलातर्फ जाँदै गरेको भे १ त ८२१५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा मंगलबार एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा ४ जना घाइते भएका छन्।

भेरी नगरपालिका १० भुरचौरकी २७ वर्षीया गीता बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएकी उनलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा सल्यानको सल्लीबजारमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले बताए।

दुर्घटनामा भेरी नगरपालिका(१० भुरचौरकी ४० वर्षीया जैकला बुढा, सोही ठाँउका २२ वर्षीय कालीदास राना, गीताकी छोरी १२ वर्षीया तुल्सी बुढा र सल्यान वनगाड कुपिण्डेदह २ बामे निवासी ३६ वर्षीया संगीता शर्मा घाइते भएको थापाले बताए।

जैकली र कालीदास सिकिस्त छन्। घाइते सबैलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ। ट्याक्टरचालक भेरी नगरपालिका १० बिराले बस्ने २२ वर्षका राजेन्द्र राना फरार रहेको प्रहरीले जनाएको छ।

Next Post

कर्णालीमा मन्त्रिपरिषद् विस्तार, कृषि मन्त्रीमा शाही

१ मंसिर २०७८, बुधबार ०६:४५
सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले शपथ लिएको दुई सातापछि एक जना मन्त्री थपिएका हुन् । मुख्यमन्त्री शाहीको सिफारिसमा नेकपा एकीकृत सामाजवादीका चन्द्रबहादुर शाहीलाई प्रदेश प्रमुख तिलक परियारले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका छन् । एकीकृत सामाजवदीको संसदीय दलका नेतासमेत रहेका […]