कर्णालीमा मन्त्रिपरिषद् विस्तार, कृषि मन्त्रीमा शाही

कर्णालीदृष्टी संवाददाता १ मंसिर २०७८, बुधबार ०६:४९

सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले शपथ लिएको दुई सातापछि एक जना मन्त्री थपिएका हुन् ।

मुख्यमन्त्री शाहीको सिफारिसमा नेकपा एकीकृत सामाजवादीका चन्द्रबहादुर शाहीलाई प्रदेश प्रमुख तिलक परियारले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका छन् ।

एकीकृत सामाजवदीको संसदीय दलका नेतासमेत रहेका शाही मुगु प्रदेशसभा ख बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । नवनियुक्त मन्त्री शाहीले मंगलबार नै पद तथा गोपनियताको शपथ लिएका छन् ।

Next Post

बर्दियाका बाढी प्रभावित क्षेत्रमा कोभिड खोपको प्राथमिकता

१ मंसिर २०७८, बुधबार ०६:४९
बर्दिया । बर्दियाका बाढी प्रभावित राजापुर र गेरुवा गाउँपालिकामा १८ वर्षमाथिका सबैलाई सोमबारदेखि कोभिडविरुद्धको खोप लगाउन सुरु गरिएको छ। बाढी प्रभावित दुई पालिकामा १८ वर्षदेखि ४४ वर्ष उमेरसम्मका सबैलाई भेरोसेल खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए। सरकारले उपलब्ध गराएको कोभिडविरुद्धको खोप राजापुर नगरपालिका र […]

सम्बन्धित समाचार