दैलेखमा २१७ जनाले उम्मेदवारी फिर्ता लिए

कर्णालीदृष्टी संवाददाता १८ बैशाख २०७९, आईतवार १७:२३

दैलेख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका दैलेखका २ सय १७ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । जिल्लाका ११ वटै स्थानीय तहबाट २ सय १७ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचनका लागि दैलेखमा १ हजार ९ सय ८३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । ११ स्थानीय तह रहेको जिल्लामा मेयर÷अध्यक्षका लागि ७७ जना र उपमेयर÷उपाध्यक्षका लागि ६५ जनाको उम्मेदवारी परेको थियो ।

यस्तै वडाध्यक्षमा ४ सय ७४, खुला, महिला र दलित महिला सदस्यका लागि क्रमशः ७ सय २१, ३ सय ३८ र ३ सय ८ जनाले उम्मेदवारी दर्ता गरेका छन् । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार उम्मेदवारी फिर्तापछि एक हजार ७ सय ६६ जनाको उम्मेदवारी कायम भएको छ ।

११ स्थानीय तह रहेको जिल्लामा मेयर÷अध्यक्षका लागि ६३ जनाको उम्मेदवारी कायम भएको छ । ७७ जनाको उम्मेदवारी परेकामो १४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै र उपमेय÷उपाध्यक्षका लागि ६६ जनाको उम्मेदवारी कायम भएको छ । ६५ जनाले उम्मेदवारी दिएकोमा १० जनाले फिर्ता लिएका हुन् ।

त्यसैगरी उम्मेदवारी फिर्तापछि वडाध्यक्षमा ३ सय ८२, खुला, महिला र दलित महिला सदस्यका लागि क्रमशः ६ सय ६१, ३ सय १५ र २ सय ९० जनाले उम्मेदवारी कायम भएको छ ।

Next Post

गाउपालीका अध्यक्षबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी

१८ बैशाख २०७९, आईतवार १७:२३
दैलेख । दैलेखको भैरबी गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले अध्यक्ष पदबाट राजीनामा दिएर वडा सदस्यको उम्मेदवार बन्न्ुभएको छ । बुढा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)बाट पालिकाको अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । तर, यहीँ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचमा भने बुढा अध्यक्षबाट राजीनामा दिँदै वडा सदस्यमा उम्मेदवारी […]