कर्णालीमा चार मन्त्रालय पाउनुपर्ने माओवादी केन्द्रको दावी

कर्णालीदृष्टी संवाददाता ३ मंसिर २०७८, शुक्रबार ०६:५७

सुर्खेत । कर्णाली प्रदेश सरकारको सबैभन्दा ठुलो सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा संसदीय दलको बैठक दल नेता महेन्द्र बहादुर शाहीको अध्यक्षतामा सम्पन भएको छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवन बहादुर शाही सरकारमा चार मन्त्री आफुहरूले पाउनु पर्ने बटमलाइन माओवादीको रहेको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक ठम्मर बिस्टले जानकारी दिनुभयो ।

सरकारमा सबैभन्दा ठुलो पार्टि माओवादी केन्द्र भएकाले आफुहरूको सम्मानजनक सहभागिता हुनुपर्ने माओबादीको अडान रहेको उहाले जानकारी दिनुभयो । माओवादीबाट सबै नयाँ अनुहार सरकारमा पठाउने बिषयमा समेत छलफल भएको थियो । अन्य दलभन्दा ठुलो पार्टी भएकाले आफुहरूले चार मन्त्रालय पाउनेमा माओबादी ढुक्क छ,उहाले भन्नुभयो ।

यस्तै साथै मुगुका अग्नि पिडितलाइ राहत दिन सरकारलाइ ध्यानकर्षण गराउने बिषयमा पनी छलफल भएको थियो । माओवादी २÷४ दिनमै सरकारमा जाने र मन्त्रिको टुङ्गो लगाउने जिम्मा संसदीय दलका नेता महेन्द्र बहादुर शाहीलाइ दिएको जानकारी उहाले दिनुभयो ।

Next Post

कर्मचारीको अवकाश लगत्तै राजनीतिक नियुक्ति नपाउने प्रावधान ल्याउदै सरकार

३ मंसिर २०७८, शुक्रबार ०६:५७
काठमाडौँ । सरकारले निजामती निकायको उच्च तहबाट अवकाश हुनेबित्तिकै राजनीतिक नियुक्ति लिने परम्परालाई निरुत्साहित गर्न नयाँ प्रावधान ल्याउन लागेको छ । सरकारले अध्यादेशमार्फत निवृत्त कर्मचारीले राजनीतिक वा कूटनीतिक क्षेत्रमा नियुक्ति पाउन दुई वर्ष कुर्नुपर्ने व्यवस्था गर्न लागेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार निजामती सेवामा कार्यरत हुँदाहुँदै वा […]