बाँकेमा सरकारीस्तरबाट धान खरिद मंसिर दोश्रो साताबाट सुरु हुने

कर्णालीदृष्टी संवाददाता ८ मंसिर २०७८, बुधबार ०७:११

नेपालगन्ज । बाँकेका किसानले उत्पादन गरेको धान सरकारी खरिद प्रक्रियामा अझै केही समय लाग्ने भएको छ । धान खरिद प्रक्रिया कार्तिकको अन्त्यतिर शुरु हुने भनिएपनि केन्द्रबाट परिपत्र नआएकाले अझै १ हप्ता ढिलो गरी शुरु हुने भएको हो ।

गत वर्ष मंसिरको दोश्रो सातामा धान खरिद गरिएको थियो र अहिले पनि लगभग त्यही समयमा नै प्रक्रिया शुरु हुने सम्भावना रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्ज शाखा प्रमुख रामबहादुर विष्टले जानकारी दिनुभयो ।

सरकारले यसअघि नै धानको मूल्य निर्धारण गरिसकेको छ । समयमै सरकारले धानको मूल्य सार्वजनिक गरे पनि धान खरिद प्रक्रियामा ढिलाइ हुँदा किसानहरु मर्कामा परेको गुनासो गरेका छन् ।

Next Post

कांग्रेस महाधिवेशन, दैलेख क्षेत्र नम्बर १ मा खड्का र २ मा रिजाल सभापतिमा निर्वाचित

८ मंसिर २०७८, बुधबार ०७:११
दैलेख । नेपाली काँग्रेस दैलेख क्षेत्र नं. १ को सभापतिमा दशरथ खड्का बिजयी हुनुभएको छ । निर्वाचन क्षेत्र नं. १ बाट पौडेल निकटका दशरथ खड्काको प्यानल नै विजयी भएको हो । सभापतिमा निर्वाचित खड्काले चार सय ७० मत प्राप्त गर्नुभएकको छ । उहाका प्रतिस्पर्धी नगेन्द्रबहादुर मल्लले तीन सय १० मत […]