कांग्रेस महाधिवेशन, दैलेख क्षेत्र नम्बर १ मा खड्का र २ मा रिजाल सभापतिमा निर्वाचित

कर्णालीदृष्टी संवाददाता ८ मंसिर २०७८, बुधबार १८:३६

दैलेख । नेपाली काँग्रेस दैलेख क्षेत्र नं. १ को सभापतिमा दशरथ खड्का बिजयी हुनुभएको छ । निर्वाचन क्षेत्र नं. १ बाट पौडेल निकटका दशरथ खड्काको प्यानल नै विजयी भएको हो । सभापतिमा निर्वाचित खड्काले चार सय ७० मत प्राप्त गर्नुभएकको छ । उहाका प्रतिस्पर्धी नगेन्द्रबहादुर मल्लले तीन सय १० मत प्राप्त गर्नुभएको थियो ।

यस्तै क्षेत्रीय कार्यसमितिको सचिवमा प्रकाश न्यौपाने ५०० र विनोदकुमार गुरुङ ३९० मत प्राप्त गर्दै बिजयी हुनुभएको छ भने सह सचिवमा कृष्णकुमार दाहाल र सीताराम थापा निर्वाचित हुनुभएको छ । यस्तै, सदस्यमा पनि पौडेल पक्षकै कर्णबहादुर शाही, टेकबहादुर भण्डारी, युवराज रेग्मी, मानकुमारी चौधरी, अनु राना, गोपाल सुनार, अस्मिता विश्वकर्मा, महेन्द्र राना, गणेशबहादुर शाही र डम्बरबहादुर शाही निर्वाचित हुनुभएको छ ।

यसैबिच महाधिवेशन प्रतिनिधिमा निर्वाचित २५ मध्ये २४ जना पौडेल पक्षबाट र १ जनादेउवा पक्षबाट निर्वाचित भएका छन । आज (बुधबार) बिहान सार्वजनीक परिणम अनुसार प्रतिनिधिमा मणिराम रेग्मीले ५ सय १९ मत प्राप्त गर्दै सबैभन्दा बढी मत ल्याएर विजयी हुनुभएको छ । त्यस्तै, गणेश खड्का ४ सय ८९, कृष्णकुमार बिसी ४ सय ७८, टेक कटुवाल ४ सय ३२, गणेश उपाध्याय ४ सय ८, मीना थापा ३ सय ९७, उदय न्यौपाने ३ सय ६९, हरि राना ३ सय ६१, खगेन्द्र सुनार ३ सय ४९ र कर्णबहादुर शाही ३ सय ३४ मत ल्याएर विजयी हुनुभएको छ । विजयी भएकामध्ये मीना थापा मात्रै देउवा पक्ष र बाँकी सबै पौडेल पक्षका रहेका छन ।

महाधिवेशन प्रतिनिधिमा महिलातर्फ वासना थापा ५ सय ८४ मते, निर्मला खड्का ५ सय ४१, मीना खड्का ४ सय ३९ र दीपा बिसी ४ सय ३३ मतसहित निर्वाचित हुनुभएको छ । महाधिवेशन प्रतिनिधि खसआर्यतर्फ पदमबहादुर मल्ल ३ सय ८२, भक्तबहादुर भण्डारी २ सय ७८ र भूपेन्द्र शाही ४ सय २३ मत ल्याएर विजयी हुनुभएको छ । खसआर्य महिलातर्फ कमला चन्द ५ सय ५, कृष्णकुमारी चन्द ४ सय २५ र मञ्जुकुमारी शर्मा पाण्डे ४ सय ५० मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ ।

जनजातीतर्फ लक्ष्मण गुरुङ ४ सय ८६ र करिश्मा सिजाली मगर ४ सय ३० मत ल्याएर विजयी हुनुभएको छ भने दलिततर्फ हिक्मतबहादुर विश्वकर्मा ४ सय २० र पशुपति सुनार ३ सय ९८ मत प्राप्त गर्दै बिजयी हुनुभएको छ । अपांगता भएकातर्फ गणेशबहादुर बोगटीले पाँच सय ११ मत ल्याएर विजय हुनुभएको छ ।

दैलेख क्षेत्र नं. २ को सभापतिमा भरतप्रसाद रिजाल निर्वाचित 

नेपाली काँग्रेस दैलेख क्षेत्र नं. २ को सभापतिमा भरत प्रसाद रिजाल निर्वाचित हुनुभएको छ । संस्थापन (देउवा) पक्षबाट क्षत्रिय सभापतिमम निर्वाचित हुभएका रिजालले ३९९ मत प्राप्त गर्नुभयो । उहाका प्रतिस्पर्धी पौडेल पक्षका मात्रिका प्रसाद रिजालले ३५२ मत प्राप्त गर्नुभएको थियो ।

क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति सचिवमा नैन बहादुर शाहीले ४०४ र सुर्य बहादुर शाहीले ३६५ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ भने सह सचिवमा ३८४ मत प्राप्त गर्दै प्रकाश कुमार शाहीे र ३४९ मत प्राप्त गर्दै मदन बहादुर शाही निर्वाचित हुनुभएको छ ।

यस्तै, सदस्यमा दिपेन्द्र कुमार बम ३१६, नाम बहादुर शाही ३२३, पवन कुमार थापा ३२८, शुसिला खनाल ३४१, अञ्जु विक ३५३, प्रेम प्रकाश आचार्य ३६६, मान बहादुर शाही २७८, रामेश्वर जैसी २८५, शर्मिला कुमारी शाही (चन्द) ३७६ र शारदा कुमारी शाहीे ३६७ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ ।

महाधीबेशन अन्र्तरगत भएको निर्वाचनमा केन्द्रीय महाधिवेशन प्रतिनिधिको मत परिणाम भने सार्वजनिक हुन बाँकी रहेको छ ।

Next Post

बालबिवाह कसूरमा दैलेखमा २ जना पक्राउ

८ मंसिर २०७८, बुधबार १८:३६
दैलेख । बालविवाह गरेको कसूरमा दैलेख प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको डुंगेश्वर गाउँपालिका–५ बस्ने विक्रम नेपाली र बालिका रहेका प्रहरीले जनाएको छ । बालिकालाई ललाई फकाई प्रलोभनमा पारी विवाह गरेर घरमा राखेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद […]

सम्बन्धित समाचार