महाबूमा निर्माणधिन सोलार मिनिग्रिड आयोजनाको काम अन्तीम चरणमा

कर्णालीदृष्टी संवाददाता ९ चैत्र २०७८, बुधबार ०६:४०

दैलेख । दैलेखको महावु गाउँपालिका वडा नम्बर ३ बासिको (रिठ्ठा) मा निर्माणाधीन १२० किलोवाट क्षमताको जगनाथ भैरव सोलार मिनिग्रिड आयोजनाको निर्माण कार्य अन्तीम चरणमा पुगेको छ ।

सौर्य ऊर्जाको माध्यमबाट विद्युत् निकाली रिठ्ठाका चार सय ६६ घरधुरीमा बिद्युतको पहूच पुर्याउने उद्येश्य सहित सुरु गरिएको आयोजना निर्माणको काम करीब ९९ प्रतिशत सम्पन्न भएको जगनाथ भैरव सोलार मिनिग्रिड आयोजना उपभोक्ता समितिका अध्यक्ष धन बहादुर मल्लले जानकारी दिनुभयो ।

उहाका अनुसार आयोजनाको पहिलो चरण अन्र्तरगतको काम सम्पन्न भई अहिले बस्तीमा रहेका घरधुरीहरुमा बिजुली बत्ती बल्न सूरु भईसकेको छ ।

बाक्लोे बस्ती रहेको रिठ्ठाका ४ सय ६६ घरधुरीमा बिद्युतको पहुच पुर्याउने हाम्रो लक्ष्य रहेको छ, उनले भने, ‘जस अन्तरगत अहिले पहिलो चरणको काम सम्पन्न हुदा परिक्षण पनि सफल भएको छ ।’ केही घरधुरीमा बिजुली बलीसकेको र लगत्तै बस्तीका बाकी रहेका अन्य घरधुरीमा बत्ती बाल्ने अन्तीम तयारी भैरहेको उहाले बताउनुभयो ।

आयोजना निर्माणको लागी बैकल्पिक उर्जा प्रर्बद्धन केन्द्रको ९० प्रतिशत र महाबू गाउपालीकाको १० प्रतिशत गरि कुल ६ करोड ५३ लाख रुपैयाँको लगानीमा गोरखा कस्मिक जेभी काठमाडौंले ठेक्का पाएको थियो ।

गत बैशाख १० गतेदेखी सूरु गरिएको उक्त सोलार मिनिग्रिड आयोजनाको निर्माण कार्य १ बर्ष अगावै सम्पन्न भएको हो । अहिले परिक्षण चलिरहेको बताउदै उपभोक्ता समितीका अध्यक्ष मल्लले लाईनहरु नपुगेको घरहरुमा पनि तारहरु जडान गर्ने काम धमाधम भैरहेको बताउनुभयो ।

आयोजनाले उक्त बस्तीका रहेका नागरिकलाई एक घरबराबर अनुदान स्वरुप बल्ब, होल्डर, मिटर बक्स, कालो तार पनि उपलब्ध गराएको बताईएको छ । सोलार हाइड्रो मार्फत उक्त क्षेत्रमा बिद्युत आयोजना सञ्चालन पश्चात त्यहाँका नागकिहरु बत्ति बाल्न र विद्युतिय उपकरबाट चल्ने सामाग्रीको प्रयोगमा सहज हुने भन्दै स्थानीय खुसी भएका छन ।

सौर्य ऊर्जाको माध्यमबाट सञ्चालीत उक्त बिद्युतलाई निरन्तरता दिनका लागी काम गर्ने र निकट भविश्यमै उक्त सौर्य बिद्युत आयोजनालाई राष्ट्रिय प्रसारण लाईनमा जडान गर्ने तयारी पनि भैरहेको बताईएको छ ।

Next Post

हुम्ला अस्पतालबाट विशेषज्ञ सेवा दिईने

९ चैत्र २०७८, बुधबार ०६:४०
हुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले हुम्ला अस्पतालमा विशेषज्ञ सेवा सञ्चालन गर्ने भएको छ । एक महिना अघिदेखि सुरु भएको विशेषज्ञ सेवालाई निरन्तरता दिन विशेषज्ञ चिकित्सक प्रतिष्ठानले पठाउने भएको छ । हुम्ला अस्पतालमा विशेषज्ञ चिकित्सक पठाउनको लागि प्रतिष्ठान र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबीच सम्झौता भएको छ । […]

सम्बन्धित समाचार