झारफुकका नाममा धामिले आगोले पोल्दा एकको मृत्यु, दुई घाइते

कर्णालीदृष्टि
चक्र प्रसाद पोख्रेल २९ पुष २०७७, बुधबार २१:१०

गुल्मीःझारफुक गर्न भन्दै धामी कहाँ गएका व्यक्ति मृत अवस्थामा भेटिएका छन् । गुल्मीको रेसुङ्गा नगरपालिका–१, ओख्रेनी तीनधारामा ६४ वर्षीय रामबहादुर मुखिया शरीरभरि निलडाम रहेको अवस्थामा मृत भेटिएका हुन् ।जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रमुख एसपी प्रविणलाल श्रेष्ठका अनुसार ईश्मा गाउँपालिका–३, दर्लामचौर बस्ने मुखिया ढाड दुख्ने समस्या देखिएपछि धामी ३८ वर्षीय रामप्रसाद श्रेष्ठ र शान्तिला श्रेष्ठको घरमा पुगेका थिए ।

तर, उनीहरुले मुखियालाई झारफुक गराएर निको बनाउने बहानामा शरीरभरि आगोले पोलेको पाइएको एसपी श्रेष्ठले बताए ।मुखियाको मृत्यु भएपछि बुधबार बिहान श्रेष्ठ दम्पत्तिले नै अपरिचित व्यक्तिले घरमा अशान्ति मच्चाएको भन्दै प्रहरी कहाँ उजुरी दिएका थिए । त्यसपछि पुगेको प्रहरीले दुवै जनालाई हत्या अभियोगमा पक्राउ गरेको छ ।

मृतक मुखियाका दाइ ३४ वर्षका हुमबहादुर मुखिया र रेसुङ्गा नगरपालिका वडा नम्बर–५, भुवनपानी बस्ने ४० वर्षकी टोपला दमाई घाइते छन् । उनीहरुको अनुहारसहित शरीरका विभिन्न भागमा पोलेको डाम छ । दुवै जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।एसपी श्रेष्ठका अनुसार झारफुकको बहानामा उनीहरुले खाना समेत नदिइ आगोमा रड, प्लाष्टिक पाइप तथा स्टिलको झाँजर तताएर शरीरको विभिन्न भाग डामेको पाइएको छ ।

मृत्यु भइसकेपछि पनि बुबालाई निको हुन्छ, एकछिनमा उठ्छन् भन्दै डामी रहे’, घाइतेका दाइले प्रहरी समक्ष भनेका छन् ।

Next Post

प्रधानमन्त्री ओली सङ्घीयता पक्षधर नभएकाले जुनसुकै बेला संविधान खारेज गर्न सक्छनः गगन थापा

२९ पुष २०७७, बुधबार २१:१०
काठमाडौं :नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगनकुमार थापाले प्रधानमन्त्री ओली सङ्घीयता पक्षधर नभएकाले जुनसुकै बेला पनि प्रदेश, पालिका र संविधान खारेज गर्न सक्ने भएकाले सजग भएर बस्न कार्यकर्तालाई आह्वान गरे। बुधबार सर्लाहीको लालबन्दीमा नेपाली कांग्रेसले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले १० वर्ष लगाएर बनाएको संविधानलाई प्रधानमन्त्री […]