एमालेको १०औँ महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदै

उद्घाटनमा पाँच लाख सहभागी हुने

कर्णालीदृष्टी संवाददाता १० मंसिर २०७८, शुक्रबार ०७:०८

काठमाण्डौ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदै छ । तीन दिनसम्म चल्ने महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ ।

उद्घाटनमा पाँच लाख सहभागी हुने एमालेले दाबी गरेको छ । त्यसका लागि नेता कार्यकर्ता चितवन पुग्ने क्रम जारी छ । महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ जना परिवेक्षक सहभागी हुनेछन । प्रतिनिधि भूगोल, जनसङ्गठन, विभाग र सम्पर्क कमिटी र प्रवासबाट सहभागी हुँदैछन ।

प्रतिनिधिमध्ये पाँच प्रतिशत अर्थात १०६ जना मनोनित गरिएका हुन । प्रतिनिधिमा २०९ जना दलित, उत्पीडित र ६२७ जना महिला रहेको एमाले प्रचार विभाग योगश भट्टराईले जानकारी दिनुभयो ।

कूल प्रतिनिधि सङ्ख्याको ३० प्रतिशत महिला, १० प्रतिशत हाराहारी दलित, उत्पीडित रहेको उहाको भनाइ छ । महाधिवेशनमा सल्लाहाकार १५ सहित पाका–पुराना १०३ जना परिवेक्षक रहन हुनेछ । उद्घाटन सत्रका दिन पाँच हजार स्वयंसेवक परिचालन हुने छन ।

महाधिवेशनमा प्रधानमन्त्री एवंं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भट्टराईका अनुसार भारत, बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायतका देशबाट राजनैतिक दलका प्रतिनिधि आउने छन ।

चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशका राजनीतिक दलका शुभकामना सन्देश प्राप्त भएका छन । कोरोनाका कारण धेरै देशबाट पाहुनाहरु उपस्थित हुन नसकेको सो अवसरमा जानकारी दिइएको थियो ।

उद्घाटन सत्रपछि मङ्सिर ११ गते बिहान ८ः३० बजेदेखि सौराहामा बन्दसत्र सुरु हुने छ । अध्यक्ष मण्डल र माइन्युट कमिटि बनिसकेका छन् । बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओली र विदेशी पाहुनाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सोही दिन उम्मेदवारी दर्ता, दावी विरोध र फिर्ता समेतको प्रक्रिया सकेर साँझ ६ बजे अन्तिम नामावली प्रकाशित गरिने छ। मङ्सिर १२ गते बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु हुनेछ । मतदानका लागि १०० वटा भोटिङ मेसिन तयार गरिएको छ । तीमध्ये ९० वटामा मतदान गरिने छ भने १० वटा जगेडाका रूपमा राखिने छ । सोही दिन साँझसम्ममा मत परिणाम आउने उनले जानकारी दिनुभयो ।

मङ्सिर १३ गते पार्टीका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थितिमा चितवन घोषणापत्र जारी गरेर महाधिवेशन सम्पन्न हुनेछ । महाधिवेशन सम्पन्न गर्न रु सात करोड ५० लाख खर्च हुने र सो रकम एमालेकै नेता कार्यकर्ताबाट सङ्कलन भएको पार्टी प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो ।

Next Post

दैलेख काँग्रेस अधिवेशन : देउवा समूहबाट घनश्याम भण्डारीको उम्मेदवारी घोषणा, पौडेल समुहका तीन आकांक्षी

१० मंसिर २०७८, शुक्रबार ०७:०८
दैलेख । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत क्षेत्रीय अधिवेशन सम्पन्न भएका जिल्लामा आज जिल्ला अधिवेशन हुँदै छ । सोही अनुसार दैलेख जिल्लामा पनि अधिवेशन हुदैछ । २ वटा प्रतिनीधिसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा २ वटै क्षेत्रहरुमा अधिवेशन सम्पन्न भैसकेको छ । संस्थापन (देउवा) समुह र संस्थापनइतर (पौडेल) समुह निकट […]