कात्तिक अन्तिमसम्ममा संघ र प्रदेशसभाको चुनाव गर्ने सरकारको तयारी

कर्णालीदृष्टी संवाददाता १९ जेष्ठ २०७९, बिहीबार ०६:५८

काठमाडौं । सरकारले कात्तिक अन्तिमसम्ममा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने गरी छलफल सुरु भएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कात्तिक अन्तिममा निर्वाचन गर्दा उपयुक्त हुने भन्ने विषयले प्रवेश पाएको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

उनले भने, ‘कात्तिक अन्तिम वा मंसिर पहिलो सातामा निर्वाचन गर्नुपर्छ भनेर छलफल उठाएको थियौँ। अधिकांश साथीहरूले कात्तिकमै गर्नुपर्छ भन्नेमा हुनुहुन्छ । मैले पनि त्यही भनेको छु ।’ निर्वाचनबारे छलफल भए पनि औपचारिक सहमति कुनै नभएको उनले बताए । भौगोलिक रूपले पनि मंसिरदेखि फागुनसम्म निर्वाचन गर्न नसक्ने उनले बताए ।

‘मंसिरपछि फागुनसम्म हिमाली क्षेत्रमा निर्वाचन गराउन सकिँदैन । त्यसलै हामीले कात्तिकमै निर्वाचन गर्नुपर्छ भनेर जोड दिएका छौँ । त्यसबारे कुनै निर्णय भइसकेको छैन ।’ ०७४ सालमा मंसिर १० गते र २१ गते गरेर दुई चरणमा निर्वाचन भएको थियो ।

Next Post

पत्रकार अधिकारीमाथि भएको अभद्र व्यवहारप्रति पत्रकार महासंघ दैलेखको ध्यानाकर्षण

१९ जेष्ठ २०७९, बिहीबार ०६:५८
दैलेख । नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखले पत्रकार उदयराज अधिकारीमाथि भएको अभद्र व्यवहार र धम्किप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार पुर्वाधार बिकास कार्यालय दैलेखका कार्यालय प्रमुख प्रभाकर प्रसाद सिंहले सुचनाको हक प्रयोग गरि सुचना माग गर्न गएका पत्रकार उदयराज अधिकारीलाई अभद्र व्यवहार तथा धम्किपुर्ण भाषा प्रयोग गरेको […]

सम्बन्धित समाचार